नागढुंगा-नौबिसे-मलेखु सडक दिउँसो बन्द नहुने - www.meroauto.com
काठमाडौं । नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड आजदेखि दिउँसोमा बन्द नहुने भएको छ । मंसिर २४ गतेदेखि दैनिक ५ घण्टा (बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म) बन्द गरिँदै आएको उक्त सडक आजदेखि दिउँसोमा पनि खुला रहने भएको हो । यसअघि दिउँसोमा सडक बन्द गरेर साँघुरो ठाउँका कालोपत्र र पहाड कटानको काम गर्दै आइएको थियो । नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डका अनुसार नागढुंगा-पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको सडक खुला गरिएको हो । लगातार सडक बन्द गर्दा यात्रुलाई समस्या हुने भएकाले हाललाई खुला गरिएको आयोजनाले जनाएको छ । त्यस्तै, धादिङको गल्छी-गजुरी खण्डमा पर्ने अप्ठ्यारो पहाड कटिङको काम गरिरहेको भए पनि अझै सकिएको छैन । उक्त पहाड कटिङका लागि फेरि केही दिनपछि सडक बन्द गरिने आयोजनाले जनाएको छ । The post नागढुंगा-नौबिसे-मलेखु सडक दिउँसो बन्द नहुने appeared first on Meroauto.