मधेशमा नयाँ सरकार गठनका लागि आह्वान - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेश गर्न आह्वान गर्नुभएको हो । पर्सि शुक्रवार बेलुका ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ । मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने कार्यसूची रहेकोमा विश्वासको मत लिन नपाउने अवस्था आएपछि प्रदेशसभाबाटै राजीनामा घोषणा गरेर पछि प्रदेश प्रमु...