हेटौंडाको २५ मिटर सडक विस्तार ५० वर्षसम्म अधुरै - farakdhar.com
Source: FRDH
एसियन हाइवे अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक २५–२५ मिटरको विस्तार कार्य सुरु भएको ५० वर्ष बितिसक्दा पनि अधुरै छ । सडक विस्तारमा लगातार ढिलाइ हुनु र सरकारी निकायको मौनता स्थानीयबासीका लागि चिरस्थायी समस्या बनेको छ । सडक डिभिजन कार्यालय मकवानपुरले पटक–पटक ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रभित्रका घर, टहरा र पसल हटाउन निर्देशन दिएको भएपनि अहिलेसम्म ठोस काम अघि बढ्न सकेको छैन । यसका कारण बजार क्षेत्रमा पार्किङ र ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ भने दैनिकजस्तो सवारी दुर्घटना हुने क्रम बढ्दो छ । ...