१९ वर्षमा महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्रै - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – १९ वर्षअघि शुरू भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्रै भएको छ । २०६३ सालदेखि शुरू भएको महाकाली सिँचाइ आयोजनामा अहिलेसम्म २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकी जलस्रोत सचिव सरिता दवाडीले जानकारी दिनुभयो । सिंहदरबारमा आज बसेको राष्ट्रियसभा अन्तर्गतकाे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै जलस्रोत सचिव दवाडीले आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउनुअघि थोरै बजेट विनियोजन हुने गरेको र काम पनि सुस्त गतिमा भएका कारण ढ...