Redirecting...

बुढीगण्डकी परियोजना अगाडी बढाउन प्रधानमन्त्रलाई ‘ग्रिन सिंग्नल’ दिँदै अर्थमन्त्रीले भने– कुनै समस्या छैन, हामी छिट्टै सुरु गर्न सक्छौं - corporatesamachar.com

बुढीगण्डकी परियोजना अगाडी बढाउन प्रधानमन्त्रलाई ‘ग्रिन सिंग्नल’ दिँदै अर्थमन्त्रीले भने– कुनै समस्या छैन, हामी छिट्टै सुरु गर्न सक्छौं - corporatesamachar.com
Source: copr

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुढीगण्डकी जलविद्युत आयोजनालाई अगाडी बढाउन समस्या नहुने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँग बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्र गोर्खा र धादिङका जनप्रतिनिधि तथा सरोकारवालाहरुले आज गरेको भेटका क्रममा अर्थमन्त्री खनालले प्रधानमन्त्री कार्कीसामु उक्त आयोजनालाई अगाडी बढाउन कुनै समस्या नहुने प्रस्ट पारेका छन् । यो सँगै लामो समय देखि रोकिएको १२ सय मेगावाट क्षमताको उक्त वृहत आयोजना अघि बढाउन अर्थ मन्त्रालयले ग्रिन सिंग्नल दिएको हो । बुधबार प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आफूहरुले परियोजना छिटो भन्दा छिटो सुरु गर्न प्रधानमन्त्री कार्कीसँग माग गरेको पूर्व प्रधानमन्त्री समेत रहेका नेता बाबुराम भटट्राईले जानकारी दिए । उनले यो विषयमा अर्थमन्त्रीले आयोजना अघि बढाउन कुनै समस्या नहुने बताएको उल्लेख गरे । ‘अहिले कम्पनीमार्फत राष्ट्रिय गौरवको उक्त आयोजनालाई अगाडी बढाउने भन्ने जुन विषय आएको छ, यसलाई अझै रोकेर राख्न हुँदैन् तुरुन्त अगाडी बढाइयोस् भनेर प्रधानमन्त्रीसँग माग राखेका छौं ’ उनले थपे, ‘ अर्थमन्त्री जी यसको जानकार पनि हुनुहुन्छ । उहाँ यसको सुरुवातको बेलामा मेरो आर्थिक सल्लाहाकार पनि हुनुहुन्थ्यो । त्यसैले उहाँले प्रधानमन्त्री ज्यु कै अगाडी (बुढीगण्डकी) यसलालाई अगाडी बढाउन कुनै समस्या छैन, हामी छिट्टै सुरु गर्न सक्छौं भनेर भन्नुभयो’ खनालको भनाई उदृत गर्दै भट्टराइले भने । उनले आयोजना प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका पूर्वाधार अभावमा जनताले पाइरहेको दुःखको चाडो सम्बोधन गर्नुपर्ने स्थानीयको मगलाई आफूहरुले प्रधानमन्त्रीसँग अनुरोध गरेको जानकारी दिए । उनले भने, ‘ हामीले हाम्रो सुझाव र मागहरु प्रस्तुत गरेका छौं । बुढीगण्डकी जलविद्युत परियोजना छिटो भन्दा छिटो सुरु गर्नुपर्यो भनेर कुरा राखेका छौं ।’ यस्तै उनले आफूहरुको अधिकार सम्पन्न प्राधिकरण गठनको मागलाई प्रधानमन्त्री र अर्थमन्त्री दुवैले चासो दिएको जानकारी दिँदै दुवै जना आयोजनालाई अगाडी बढाउन सकारात्मक भएको बताए । भट्टराईले भने–‘यो आयोजना जलविद्युत आयोजना मात्र होइन। यो बहुउद्देश्यीय आयोजना हो । फेवा ताल भन्दा १५ गुणा ठूलो ताल यहाँ बन्ने भएकाले त्यसको वरिपरी विकास र स्थानीय जननतालाई विस्थापित नगरीकन त्यसको वरीपरि चक्रपथ बनाएर त्यहीँ पुनःस्थापना गरिनुपर्न भन्ने मोडेलको लागि अधिकार सम्पन्न बुढीगण्डकी प्राधिकरण गठन गर्ने भन्ने जुन हाम्रो माग थियो त्यसमा उहाँहरु कन्भिन्स हुनुहुन्छ । खासगरी अर्थमन्त्रीले कुरा बुझ्नुभएको छ, प्रधानमन्त्रीले असाध्यै चासो राख्नुभएको छ। ’