एमाले महाधिवेशनमा भोटिङ : ४ बजेसम्म एकतिहाइ मत खस्यो - www.sutranews.com
Source: sutr
काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न ४ बजेसम्म करिब ७ सय मत खसेको छ। एमाले निर्वाचन आयोगका अनुसार आज कुल २२ सय ६३ मतदाता रहेका छन्, जसमा अहिलेसम्म करिब एकतिहाइ मत दर्ज भइसकेको छ। भोटिङ बिहान सवा ९ बजेबाट सुरू भएको हो। पार्टीको अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रत्यक्ष प्रतिस्पर्धामा छन्। दुबै नेताले प्यानलसहित उम्मेदवारी दिएका छन् र आफ्नो प्यानलका उम्मेदवारहरूलाई जिताउन भृकुटीमण्डपमा मतदातासँग सक्रिय रुपमा प्रचार–प्रसार गरिरहेका छन्। मतदान विद्युतीय भोटिङ मेसिनमार्फत भइरहेको छ।