गण्डकी प्रदेश : 'देश छाडेर विदेश जाने अवस्थाको अन्त्य हुनुपर्ने' - www.bbc.com
BBC निर्वाचनको मिति नजिकिँदै जाँदा पोखराका मतदाताले उत्साह र निराशा दुवै प्रकट गरेका छन्।फागुन २१ मा हुने निर्वाचनमा कैयौँले मतदान गर्न उत्साहित भएको बताएका छन्।केहीले भने विगतमा निर्वाचनपछि बनेको सरकार र जनप्रतिनिधिको कामबाट सन्तुष्ट हुन नसकेकोले उत्साहित हुन नसकेको प्रतिक्रिया दिएका छन्।पोखरा ६ ठाडा पसलकी ६५ वर्षीय रेनु श्रेष्ठले निर्वाचन नजिकिएसँगै रमाइलो वातावरण बनेको बताइन् ।पहिला पहिलाका निर्वाचनमा पनि मतदान गरेको र यस पटकको निर्वाचनमा पनि उत्साहित भएको उनले सुनाइन्। भोट दिन जाँदा मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन्आचारसंहितामा भएको 'ग्रीन इलेक्शन' के हो, प्रचारप्रसारमा यसको कस्तो प्रभाव परेको छ यस पटकको निर्वाचनपछि देश विकासले गति लिन्छ कि भन्ने आशा भने रहेको उनले बताइन् ।अहिलेको मूल मुद्दा भनेको केटाकेटी कामको खोजीमा देश छाडेर विदेश जाने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताइन्। महिलाहरू अबको चुनावबाट के भइदिओस् भन्ने चाहन्छन्?कुन दलको चुनावी प्रचारप्रसार रणनीति कस्तो पोखराकै ६५ वर्षीय तुलाराम परियार आफ्नो मत दिन पाउने अधिकार प्रयोग गर्ने भए पनि निर्वाचनबाट बन्ने सरकार र जनप्रतिनिधिको विगतको कामबाट सन्तुष्ट हुने ठाउँ नरहेको बताउँछन्।जनताले दुःख नपाऊन्, उद्योग खोलेर काम यहीँ पाऊन् भन्ने मुख्य मुद्दा हुनुपर्ने पनि उनले बताए ।अहिलेसम्म आफ्नो निर्वाचन क्षेत्रका कुन उम्मेदवारले देश बनाउने गरी काम गर्न सक्छ भन्ने यकिन नभएकोले कसलाई भोट दिने निर्णयमा नपुगेको पनि उनले सुनाए। भोट दिन जाँदा मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन्आचारसंहितामा भएको 'ग्रीन इलेक्शन' के हो, प्रचारप्रसारमा यसको कस्तो प्रभाव परेको छ पोखराकी शोभा सापकोटाले निर्वाचन नजिकिए पनि उत्साहित नभएको बताइन् ।विगतमा पार्टीहरूले देश विकास र नागरिकका मागलाई सम्बोधन गर्ने बाचाको रूपमा घोषणापत्र लिएर आए पनि त्यस अनुसार काम नभएकाले उत्साहित हुन नसकेको उनले बताइन् ।"भोट माग्न आउँदा नमस्कार भन्ने । चुनाव जितेपछि काम लिएर वडा कार्यालय जाँदा पनि एक दिनमा हुने काम तीन दिन लाग्ने," भएकोले पनि उत्साहित हुन नसकेको उनले बताइन् ।देशमा उद्योगमैत्री वातावरण हुनु पर्ने, युवाले आफ्नो योग्यता र क्षमता अनुसार देशमै रोजगार पाउने वातावरण बन्नु पर्ने उनको भनाइ छ ।देश आत्मनिर्भर हुने गरी घोषणापत्र ल्याउने मात्र होइन त्यही अनुसार काम पनि हुनुपर्ने उनले बताइन् ।चर्चित उम्मेदवार गण्डकीमा सयौँ उम्मेदवार छन्। मुख्य प्रतिस्पर्धा कांग्रेस एमाले रास्वपा र नेपाली कम्युनिस्ट पार्टीबीच हुने आकलन गरिन्छ। गोर्खामा रास्वपाका स्वर्णिम वाग्ले र सुदन गुरुङ तथा नेपाली कांग्रेसका गोविन्द भट्टराई, गोर्खामै 'चक्रे मिलन' भनेर चिनिने मिलन गुरुङ र नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने छन्। म्याग्दीमा राष्ट्रिय आविस्कार केन्द्रका महाबीर पुन, लमजुङमा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले धेरैको ध्यान खिचेको देखिन्छ। जनसङ्ख्या बढी छ तर मतदाता सूचीमा किन कम छन् महिला 'मतदाता परिचयपत्रमा पति-पत्नीको नाम फरक पर्यो, के गर्ने?': आयोगको कल सेन्टरमा सोधिने अरू प्रश्न कस्ता चुनावी तथ्याङ्कमा गण्डकी प्रदेश जिल्लाको सङ्ख्या: ११कुल निर्वाचन क्षेत्र: १८कुल मतदाता: १८,७०,०६५महिला: ९,५५,५१६पुरुष: ९,१४,५३५अन्य: १४कुल उम्मेदवार ४८५महिला: ३१पुरुष: २०३अन्य: ० मतदान केन्द्र: २,३९७मतदान स्थल: १,२९७ विगतको नतिजा: कुन पार्टीले कति जिते?नेपाली कांग्रेस: १० एमाले: ५ तत्कालीन माओवादी: २राष्ट्रिय जनमोर्चा: १बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।