Redirecting...

ओपनएआईद्वारा ‘स्टारगेट नर्वे’ सञ्चालन गर्ने योजना सार्वजनिक - technologykhabar.com

ओपनएआईद्वारा ‘स्टारगेट नर्वे’ सञ्चालन गर्ने योजना सार्वजनिक - technologykhabar.com
Source: tckb

ओपनएआईले बिहीबार युरोपको पहिलो एआई डाटा केन्द्र ‘स्टारगेट नर्वे’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। ब्रिटिश एआई क्लाउड पूर्वाधार कम्पनी एनस्केल र नर्वेजियन ऊर्जा पूर्वाधार कम्पनी एकरसँग साझेदारीमा यो परियोजना अघि बढाइनेछ। साइटको डिजाइन र निर्माण एनस्केलले गर्नेछ, र यो एनस्केल र एकरबीच ५०/५० स्वामित्वको संयुक्त लगानी परियोजना हुनेछ। टेकक्रञ्चका अनुसार ओपनएआई यो परियोजनामा “अफ-टेकर” को रूपमा रहनेछ, जसले डाटा केन्द्रबाट आवश्यक क्षमताको खरिद गर्नेछ। यो घोषणा युरोपले एआई संप्रभुता कायम गर्ने र डाटा केन्द्र तथा कम्प्युटिङ क्षमतामा लगानी बढाउने अभियानकै बीचमा आएको हो। केही दिनअघि मात्र युरोपेली संघले एआई पूर्वाधारमा बहु-अर्ब डलर लगानीको विवरण सार्वजनिक गरेको थियो, जसअन्तर्गत १३ वटा एआई कारखाना स्थापना गर्न १० अर्ब यूरो (झन्डै ११.८ अर्ब डलर) र प्रारम्भिक लगानीस्वरूप २० अर्ब यूरो छुट्याउने योजना छ। यस अभियानको मूल मन्त्र डाटा संप्रभुता हो, किनभने व्यापार र सरकारी डाटा संवेदनशील हुने भएकाले त्यसको भण्डारण सुरक्षित रहनुपर्नेछ। एनस्केल र ओपनएआईले टेकक्रन्चलाई दिएको जानकारी अनुसार स्टारगेट नर्वे भने युरोपेली संघको आफ्नै एआई विस्तार योजनाको हिस्सा होइन। एनस्केलका सीईओ जोश पेनले सीएनबीसीलाई बताएअनुसार, यस परियोजनाको उद्देश्य युरोपको संप्रभु कम्प्युटिङ क्षमतालाई उपयोगमा ल्याएर सम्पूर्ण महादेशलाई फाइदा पुर्‍याउनु हो। परियोजनाबाट नर्वेको एआई इकोसिस्टम — जस्तै स्टार्टअप र वैज्ञानिक अनुसन्धानकर्ताहरू — ले प्राथमिक पहुँच पाउनेछन्। सीएनबीसीका अनुसार, एनस्केल र एकरले परियोजनाको प्रारम्भिक २० मेगावाट चरणमा करिब १ अर्ब डलरको लगानी गरेका छन्। ओपनएआईका अनुसार, स्टारगेट नर्वेले सुरुमा २३० मेगावाट क्षमतामा सेवा दिनेछ, जसलाई विस्तार गरी २९० मेगावाट पुर्‍याउने योजना छ। सन् २०२६ सकिँदा यो केन्द्रमा १ लाख एनभिडिया जीपीयू प्रयोगमा आउनेछ। डाटा केन्द्र नर्वेको उत्तरी सहर नार्विक नजिकै निर्माण हुनेछ। ओपनएआईले ब्लग पोस्टमार्फत उक्त क्षेत्र जलविद्युत् पहुँच, चिसो मौसम र परिपक्व औद्योगिक आधारका कारण उपयुक्त रहेको जनाएको छ। “यो सुविधा पूर्ण रूपमा नवीकरणीय ऊर्जामा सञ्चालन हुनेछ, र अधिकतम चिस्यान क्षमता सुनिश्चित गर्न ‘क्लोज्ड-लूप, डाइरेक्ट-टु-चिप लिक्विड कुलिङ’ प्रविधि अपनाइनेछ,” ओपनएआईले जनाएको छ। “साथै, जीपीयू प्रणालीबाट निस्कने अतिरिक्त ताप ऊर्जा स्थानीय कम-कार्बन उद्योगहरूलाई समर्थन गर्न उपलब्ध गराइनेछ।” The post ओपनएआईद्वारा ‘स्टारगेट नर्वे’ सञ्चालन गर्ने योजना सार्वजनिक appeared first on Technology Khabar.