सर्वाधिक सम्पत्ति कमाउनेमा मस्कको नयाँ रेकर्ड, २४ घण्टामै १६७ अर्ब डलर कमाएर बने विश्वकै धनी व्यक्ति - arthasarokar.com
काठमाडौँ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओ एलन मस्क फेरि विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ६ सय अर्ब अमेरिकी डलरभन्दा बढी कुल सम्पत्ति कमाएर मस्क फेरि विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलिनेयर्स इन्डेक्सका अनुसार हाल मस्कको कुल सम्पत्ति करिब ६ सय ३८ अर्ब अमेरिकी डलर पुगेको छ । मस्कको सम्पत्ति विश्वकै दोस्रो धनी व्यक्ति ल्यारी पेजको भन्दा ३ सय ७३ अर्ब अमेरिकी डलर भन्दा बढी छ । योसँगै मस्कले सर्वाधिक सम्पत्ति कमाएर नयाँ रेकर्ड बनाएका छन् । ब्लुमबर्गका अनुसार पछिल्लो २४ घण्टामा मस्कको सम्पत्ति १ सय ६७ अर्ब अमेरिकी डलरले बढेको छ । मस्कको सम्पत्ति एक्कासी बढ्नुमा रकेट निर्माता कम्पनी स्पेस एक्सको मूल्यमा आएको उछाल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मस्क टेस्ला, स्पेसएक्स, एक्सआई लगायतका प्रसिद्ध कम्पनीहरुको मालिक हुन् । मस्कसँग टेस्लाको करिब १३ प्रतिशत र स्पेस एक्सको ४२ प्रतिशत स्वामित्व छ ।