दोहोरो अकंले बढेको बजारमा कारोबार रकम खुम्चियो - bankingsamachar.com
काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ६५ अंकले बढेर बजार २८ सय ७५ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज १४० कम्पनीको शेयर मूल्य बढेको छ भने ११० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ८२ करोड २४ लाख आसपास शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ६९ लाख माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावर लगानीकर्ताले कमाएका छन् । आज यो कम्पनीका लगानीकर्ताले ५ दशमलव ७३ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै ट्रेट टावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।