Redirecting...

सीएनआईद्वारा १६ सर्वोत्कृष्ट करदाता सम्मानित - www.nepalclicks.com

सीएनआईद्वारा १६ सर्वोत्कृष्ट करदाता सम्मानित - www.nepalclicks.com
Source: nplk

काठमाडौँ: नेपाल उद्योग परिसंघ (सीएनआई) ले राष्ट्रिय कर दिवस २०८२ को अवसरमा १६ जना सर्वोत्कृष्ट करदाता (संस्था तथा व्यक्ति) लाई सम्मान गरेको छ। नेपाल सरकारबाट उच्च करदाता घोषित भएका ती करदातालाई निजी क्षेत्रकोतर्फबाट परिसंघले सम्मान गरेको हो। सरकारले राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न क्षेत्रबाट उत्कृष्ट कर योगदान पुर्‍याएका कुल १६ जना करदातालाई सम्मान गरेको थियो। सोही सूचीमा परेका करदातालाई परिसंघले मंगलबार काठमाडौँस्थित सीएनआई सचिवालयमा आयोजित कार्यक्रममा सम्मान गरेको हो। सम्मानित हुनेमा वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि, विशेष उद्योगतर्फ युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायतर्फ सोल्टी होटेल लिमिटेड, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि तथा ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि रहेका छन्। यसैगरी कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रालि, सूचना प्रविधि सेवा निर्याततर्फ भेरिस्क नेपाल प्रालि, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ अस्पताल सम्मानित भएका छन्। रेमिटेन्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड, निकायतर्फ नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोबार ५० करोडदेखि १०० करोडसम्मतर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ५० करोडसम्म कारोबारतर्फ भिएफएस सर्भिसेज (मोरिसस) प्रालि, मूल्य अभिवृद्धि करतर्फ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड तथा व्यक्तिगत करदातातर्फ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह सम्मानित भए। कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत वा संस्थागत उपलब्धिमात्र नभइ राज्यप्रतिको महत्वपूर्ण योगदानसमेत भएको उल्लेख गरे। उच्च करदाताको योगदानको कदरस्वरूप परिसंघले सम्मान गरेको उनको भनाइ थियो।