Redirecting...

कविता : मलाई कसैको बन्नु छैन - sahityapost.com

कविता : मलाई कसैको बन्नु छैन - sahityapost.com
Source: shpt

मलाई कसैको बन्नु छैनभन्न पनि नपाइने भयोयहाँ “स्वतन्त्र” व्यक्तिपनि पार्टी भइसक्यो। मलाई म हुन नदिने एक उनी पनि हुन्जहिल्यै “राम्रो म”भनेर तारिफ गरिरहन्छिन् । मलाई मेरो आफ्नै बन्न नदिनेअर्को तँ पनि होस्सधैँ पिएपछि सम्झिँदै भन्छस्“तँ त मेरो जिग्री होस्!” बुझ न यार !मलाई म आफैँको पनि बन्नु छैन,“म–म” भनेर भन्दा पनि मासागल्लीकानारायण दाइको मम पसलको सम्झना आउँछ । म कसैको होइन भन्योआमाले “मेरो छोरो होस्” भन्छिन्,बाले “मेरो उत्तराधिकारी होस्” भन्नुहुन्छ,दिदीले “मेरो साने” भन्छिन्,दाइले “मेरो भाइ” भन्छ । समाजको हुन जात चाहिन्छधर्म चाहिन्छ म असलहरूको हुँ भन्नपहिले खराबहरूसँग सङ्गत गर्नुपर्छ ।लेखक हुन किताब चाहिन्छउनीको हुन प्रमाण चाहिन्छ । आखिर म हुँ कसको ?यति बुझ्न नसकेर कविता लेखेकोमलाई म हुन नदिने अर्कोयो कविता पनि हो ।