सेतो गुम्बा हेर्न थेग्नै नसक्ने गरी आगन्तुक ओइरिएपछि… - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित सेतो गुम्बा हेर्न सर्वसाधारणको भीड लागेको छ । भीड थेगिनसक्नु भएपछि व्यवस्थापनले आज दिउँसो २ बजे नै गुम्बा बन्द गरेको छ । दश दिनका लागि मात्र खुला गरिएको गुम्बा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने भनिएपनि भीड नियन्त्रण बाहिर गएपछि सुरक्षाको कारण समयभन्दा पहिला नै बन्द गरिएको हो। गुम्बा जाने भीडका कारण सडकमा ट्राफिक जामसमेत भएको थियो।