एनपिएलले नेपाल शान्त र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्याएको छ : प्रधानमन्त्री कार्की - farakdhar.com
Source: FRDH
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलका लागि दुईवटै टिमलाई शुभकामना व्यक्त गरेकी छन् । उनले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना दिँदै खेललाई राष्ट्रिय उत्सवको रूपमा स्वागत गरेकी छन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा एनपिएलको यो संस्करणले पूरा देशलाई जोड्ने, सुरक्षासम्बन्धी आशंकालाई हटाउने र नेपालको शान्त, सुन्दर र सक्षम देश भएको सन्देश विश्वभर पुर्याउने अवसर दिएको पनि उल्लेख गरेकी छन् । ‘सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना । यस उत्सव...