राजीनामा दिन प्रधानमन्त्रीबाट कुनै निर्देशन वा सुझाव आएको छैन: सञ्चारमन्त्री - nagariknews.nagariknetwork.com
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रीहरूसँग राजीनामा मागेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।मंगलबार नागरिक न्युजको कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले प्रधानमन्त्रीबाट आफूहरूलाई राजीनामा दिन कुनै निर्देशन वा सुझाव नआएको दाबी गरे।पछिल्लो समय मन्त्रालयको जिम्मेवारीभन्दा राजनीतिक गतिविधिमा बढी सक्रिय भएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री खरेललाई राजीनामा दिन सुझाएको भन्ने चर्चा बाहिर आएको थियो।सोही विषयमा प्रष्टीकरण दिँदै मन्त्री खरेलले भने, ‘त्यो होइन। किन होइन भने म अहिले कुनै पार्टीमा पनि छैन। म चुनावमा उठ्छु या उठ्दिनँ त्यो पनि भनेको छैन। म कुनै पनि राजनीतिक दलको कार्यक्रममा गएको पनि छैन।’मन्त्री खरेलले आफू नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, जनमत लगायतका दलका कार्यालय र शीर्ष नेताहरूको घरमा पुगेको स्वीकार गरे पनि त्यो चुनावी वातावरण बनाउनका लागि मात्र भएको स्पष्ट पारे।‘म सबै पार्टी कार्यालय गएको छु र सबै नेतासँग भेटेको छु, तर चुनाव गराउनका लागि मात्र गएको हुँ,’ उनले भने, ‘त्योबाहेक म कुनै पनि राजनीतिक पार्टीमा आवद्ध भएको छैन। न मैले भनेको छु, न कसैले मलाई प्रस्ताव गरेका छन्। त्यसैले राजीनामाको हल्ला निराधार हो।’