Redirecting...

मातृस्वास्थ्य प्रवर्द्धन गर्न सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज - nagariknews.nagariknetwork.com

मातृस्वास्थ्य प्रवर्द्धन गर्न सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज - nagariknews.nagariknetwork.com
Source: ngrk

मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–२१ का ६४ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार एक कार्यक्रमका बीच पोषण सामग्री वितरण गरेका छन्।नगरपालिकाले प्रत्येक महिनामा फरकफरक वडामा पुगेर सो प्याकेज वितरण गर्दै आएको छ। प्याकेजमा चामल, दाल, नुन, तेल, चनालगायत खाद्यान्नका साथै गर्मी र वर्षात्को समयमा हुने लामखुट्टेको प्रकोपबाट बच्न झुल पनि प्रदान गरिएको छ।नगरप्रमुख चौधरीले पोषण प्याकेज वितरण कार्यक्रममा भने, 'गर्भवती र सुत्केरीको स्वास्थ्य सुनिश्चित गर्नु नगरपालिकाको प्रमुख प्राथमिकता हो। यस्ता कार्यक्रममार्फत उनीहरूको पोषण अवस्था सुधार गर्नुका साथै स्वास्थ्य सेवा पहुँच सहज बनाउने हाम्रो उद्देश्य हो। आगामी दिनमा अझ प्रभावकारी ढङ्गले यसलाई विस्तार गरिनेछ।'स्वास्थ्य संस्थामा नियमित जाँच गराउने गर्भवतीलाई लक्षित गरी प्याकेज वितरण गरिएको स्वास्थ्यकर्मी अमृताकुमारी महतोले जानकारी दिइन्। उनका अनुसार नियमित जाँचमा सहभागी हुने महिलाहरूको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ।महिला स्वास्थ्य स्वयंसेविका सुजितादेवी सिंहले यस अभियानले गर्भवती महिलाको तथ्याङ्क व्यवस्थापन र सेवाको सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। रासस