Redirecting...

चितवन–३ : भरतपुरको मुहार फेर्ने रेणुको जित निश्चित, सिन्को नभाँच्ने सोविता हल्लामा सीमित - bishwokhabar.com

चितवन–३ : भरतपुरको मुहार फेर्ने रेणुको जित निश्चित, सिन्को नभाँच्ने सोविता हल्लामा सीमित - bishwokhabar.com
Source: bsbk

काठमाडौं– आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ मा सामान्य प्रतिस्पर्धा देखिएको छ । ६ जना स्वतन्त्रसहित १८ उम्मेदवार मैदानमा रहे पनि मुख्य भिडन्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोबिता गौतम र नेकपा उम्मेदवार रेणु दाहालबीच हुने आकलन गरिएको छ । २०७९ मा काठमाडौं–२ बाट निर्वाचित गौतम यसपटक चितवन झरेकी हुन् भने पूर्व भरतपुर महानगर प्रमुख दाहालले पदबाट राजीनामा दिएर चुनाव लडेकी हुन् । चितवन रास्वपाको बलियो आधार क्षेत्र मानिन्छ । अघिल्लो निर्वाचनमा चितवन–१ र २ मा रास्वपाले जित हात पारेको थियो, यद्यपि चितवन–३ मा भने तेस्रो स्थानमा सीमित भएको थियो । २०७९ मा चितवन–३ बाट राप्रपाका विक्रम पाण्डे विजयी हुँदा माओवादी केन्द्र दोस्रो र रास्वपा तेस्रो भएको थियो । तर, समानुपातिकतर्फ रास्वपा पहिलो दल बनेको थियो, जसलाई यसपटक गौतमको जितको आधार मानिएको छ । उता, दाहाल पक्षले भरतपुर महानगरमा गरेको विकास कार्यलाई मुख्य आधार बनाएको छ । एमालेका शंकर थपलिया र कांग्रेसका टेकप्रसाद गुरुङ पनि प्रतिस्पर्धामा रहेकाले रास्वपा–नेकपाबीच मात्र होइन, राप्रपा, एमाले र कांग्रेससहित बहुपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।