Redirecting...

महाधिवेशन : प्यानल टुंग्याउने ओलीको तयारी, महासचिवमा ज्ञवालीको बलियो सम्भावना - bishwokhabar.com

महाधिवेशन : प्यानल टुंग्याउने ओलीको तयारी, महासचिवमा ज्ञवालीको बलियो सम्भावना - bishwokhabar.com
Source: bsbk

काठमाडौं– शनिबारबाट सुरु भएको नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ। नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी ओली पक्षले आफ्नो प्यालन टुंग्याउने तयारी गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र पद्मा अर्यालको सम्भावना छ। त्यस्तै महासचिवमा प्रदीप ज्ञवाली र उपमहासचिवमा विष्णु रिमाल, रघुविर महाशेठ, छविलाल विश्वकर्माको सम्भावना रहेको जनाइएको छ । त्यस्तै सचिवहरुमा शेरधन राई, हिम्कत कार्की, महेश बस्नेत, डाक्टर राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, खिमलाल भट्टराई, दोमादर भण्डारी र नारदमुनी रानामध्येबाट सम्भावना रहेको स्रोतको दाबी छ ।