अघिल्लै साता मृत्यु भएको थियो ‘इकु’की पत्नीको - www.sutranews.com
Source: sutr
काठमाडौं । शुक्रबार पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएकी कलाकार सुलेमान शंकर ‘इकु’की पत्नी सम्झना घिमिरेको अघिल्लै साता निधन भएको थियो। ‘इकु’की ४२ वर्षीया पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको थियो। मिर्गौला पीडित सम्झनालाई समस्या भएपछि नजिकको ह्याम्स अस्पतालमा लगिएको थियो। अस्पतालमै उनलाई मृत घोषणा गरियो। सम्झनाले ४ वर्षदेखि मिर्गौला रोगको उपचार गराउँदै आएकी थिइन्। शुक्रबार पारिवारिक सदस्यको उपस्थितीमा सम्झनाको अन्त्येष्टि गरियो। गतसाता नै निधन भएपनि छोरा अमेरिकामा रहेकाले फर्किन समय लागेपछि अहिले मात्र दाहसंस्कार गरिएको हो। सम्झना र इकुका एक छोरा र एक छोरी छन्।