Redirecting...

सुशीलाको ‘तिमीसँग’ सार्वजनिक - sahityapost.com

सुशीलाको ‘तिमीसँग’ सार्वजनिक - sahityapost.com
Source: shpt

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ। डिपी खनालको शब्द रचना, शंकर थापा ‘स्माइल’को संगीत तथा राजेन्द्र वाइवाको संगीत संयोजन रहेको गीतको भिडियो हालै सार्वजनिक गरिएको हो। निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोमा सागर दाहाल र स्मारिका ढकाललाई फिचरिङ गरिएको छ। भिडियोमा गायक रामकृष्ण ढकाल र गायिका सुशीला बस्नेत तिमिल्सिनाको समेत उपस्थिति देख्न सकिन्छ। सुशीलाकै निर्माणमा तयार भएको भिडियोको पोस्ट–प्रोडक्सन सुदीप दाहालले गर्नुभएकाे छ भने उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन रहेको छ। सशक्त शब्द रचनालाई भिडियोले प्रभावकारी रूपमा दृश्यात्मक अभिव्यक्ति दिएको दर्शकहरूको प्रतिक्रिया छ। प्रेमिल भावमा आधारित गीत ‘तिमीसँग’ ले आफूले मन पराएको व्यक्तिसँग सधैँ सँगै रहँदा मन रमाउने अनुभूति प्रस्तुत गर्छ। शब्द, स्वर, संगीत र भिडियो पक्ष सबै सन्तुलित र प्रभावशाली बनेको यो गीत सार्वजनिक भएसँगै श्रोता–दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। अमेरिकाको बोस्टन निवासी गायिका सुशीला बस्नेत तिमिल्सिना नेपाल बाहिर रहे पनि गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यसअघि सुशीलाको स्वरमा रहेका ‘राधा कृष्ण’, ‘तिम्रो मायाको’, ‘मेरी माँ’ र ‘तीज आयो साथी संगी’ जस्ता गीतहरू श्रोता माझ लोकप्रिय भइसकेका छन्।