Redirecting...

बैंकिङ प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक - www.onlinepana.com

बैंकिङ प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक - www.onlinepana.com
Source: onpa

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज मंसिर २८ गते फेरि बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। The post बैंकिङ प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).