Redirecting...

मेटलाइफ नेपालले मनायो २४ औं वार्षिकोत्सव - www.meroauto.com

मेटलाइफ नेपालले मनायो २४ औं वार्षिकोत्सव - www.meroauto.com
Source: meau

काठमाडौं । मेटलाइफ नेपालले आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । नेपालमा सन् २००१ देखि सेवा सुरु गरेको कम्पनी २५ औं वर्षमा प्रवेश गरेको हो । कम्पनीले देशभरका लाखौँ मानिसहरूको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउने विश्वास गरेको छ । विगत वर्षहरूमा कम्पनीले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपालीहरूको साथ दिँदै आएको छ । आफ्नो यात्रामा, मेटलाइफ नेपालले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहकहरूको पहुँच र सुविधा बढाउने क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ । यसै क्रममा, कम्पनीले ३६०हेल्थ सेवा र वान बाई मेटलाइफ मोबाइल एप मार्फत स्वास्थ्य व्यवस्थापन सेवा प्रारम्भ गर्ने नेपालकै पहिलो बीमा कम्पनी बनेको छ । वैश्विक अनुभव र स्थानीय आवश्यकताको गहिरो बुझाइको संयोजनसँगै, मेटलाइफ नेपालले नेपाली परिवारहरूलाई प्रदान गर्दै आएको मार्गदर्शन र समर्थनको स्तरलाई लगातार सुदृढ बनाइरहेको छ । बंगलादेश, मलेसिया, नेपाल तथा भियतनामका हेड अफ मेटलाइफ इलेना बुटारोभाले ग्राहकहरूको भविष्यमाथि थप आत्मविश्वास निर्माण गर्ने उद्देश्य पूरा गर्न प्रतिबद्ध रहेको बताए । ‘हामी आगामी वर्षहरूका लागि अझ उत्साहित छौँ। नेपालसँगै बढ्दै, हाम्रा ग्राहकहरूको भविष्यमाथि थप आत्मविश्वास निर्माण गर्ने हाम्रो उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ,’ उनले भने । यस वर्ष ग्रेट प्लेस टु वर्कू मान्यता पाएको मेटलाइफ नेपालले आफ्ना सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । साथै, स्वास्थ्य, वित्तीय साक्षरता, शिक्षा, वातावरणीय सचेतना र सामुदायिक उत्थानजस्ता कल्याणकारी पहलहरूमा उनीहरूको समर्पणप्रति कम्पनीले प्रशंसा गरेको छ । सन् १८६८ मा अमेरिका स्थापितमेट लाइफ विश्वभर ४० भन्दा बढी बजारहरूमा संचालनमा छ । यसले संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । The post मेटलाइफ नेपालले मनायो २४ औं वार्षिकोत्सव appeared first on Meroauto.