Redirecting...

एकपछि अर्को गर्दै एमालेमा वितृष्णा, बडालले पनि चुनाव नलड्ने भए - www.sutranews.com

एकपछि अर्को गर्दै एमालेमा वितृष्णा, बडालले पनि चुनाव नलड्ने भए - www.sutranews.com
Source: sutr

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन सुरू भएसँगै पार्टीभित्र नेतृत्व प्रतिस्पर्धाबाट पछि हट्ने नेताहरूको संख्या बढ्दै गएको छ। एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पनि यसपटक कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरे। बडालले पछिल्लो समय आफूले पाएको जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको स्वीकार गर्दै आत्मसमीक्षासहित महाधिवेशनबाट कुनै पनि पदमा नबस्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले अब औपचारिक पदभन्दा बाहिर रहेर भुइँस्तरमै सक्रिय हुँदै पार्टी र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेतृत्वको दौडबाट अलग रहेर संगठनलाई सुदृढ बनाउने दिशामा योगदान गर्ने उनको भनाइ छ। आइतबारदेखि महाधिवेशनको बन्दसत्र सुरु भएसँगै एमालेभित्र उम्मेदवारी नदिने घोषणा गर्ने नेताहरूको संख्या क्रमशः बढ्दै गएको छ। यसअघि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पनि नेतृत्व प्रतिस्पर्धामा नजाने घोषणा गरिसकेका थिए।