राष्ट्रिय सभाका अध्यक्ष दाहालसँग कानुन मन्त्री सिन्हाले गरे भेट - www.prasashan.com
Source: pras
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मन्त्री सिन्हाले अध्यक्ष दाहालसँग भेट गरेका हुन् । भेटका क्रममा राष्ट्रिय सभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसदबीचको समन्वय, सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएको थियो ।