Redirecting...

व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सहकारीलाई निर्देशन - arthasanjal.com

व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सहकारीलाई निर्देशन - arthasanjal.com
Source: sanj

काठमाडौँ । सहकारी संस्थाहरूले आफ्ना कारोबारका रकम व्यक्तिगत बैंक खातामार्फत चलाउने प्रवृत्तिमा अंकुश लगाउन सहकारी विभाग सक्रिय भएको छ। विभागले औपचारिक रूपमा निर्देशन जारी गर्दै व्यवसायिक कारोबारको कुनै पनि रकम संचालक वा सदस्यका व्यक्तिगत खातामा जम्मा नगर्न कडा चेतावनी दिएको हो। विभागका एक अधिकारीका अनुसार हाल केही सहकारीहरूमा संस्थागत रकमलाई निजी खातामा सारेर कारोबार गर्ने गलत प्रवृत्ति बढ्दै गएको पाइएको छ। उनले यसलाई वित्तीय पारदर्शिता र सुशासनविरुद्धको कार्य भन्दै तत्काल रोक्नुपर्ने आवश्यकता रहेको बताए। विभागले जारी गरेको निर्देशनमा सहकारीका नाममा हुने कारोबारबापतको रकम निजी खातामा जम्मा गर्न कानूनले नै निषेध गरेको स्पष्ट उल्लेख छ। यसअघि पनि यस्ता गतिविधि नर्गन भनिए पनि पालनामा कमजोरी देखिएपछि विभाग फेरि कडा मौकामा उत्रिएको हो। यसबाहेक, कुनै सदस्य वा संचालकले सहकारी कारोबारका नाममा आएको रकम व्यक्तिगत खातामा हालिएको पाइएमा सो जानकारी वित्तीय जानकारी इकाइ (FIU) मा पठाउन पनि विभागले सबै सहकारीहरूलाई आग्रह गरेको छ। निर्देशन उल्लङ्घन भएमा आयकर ऐन, २०५८ तथा सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) सम्बन्धी नियमावलीअनुसार कारबाही हुने चेतावनी विभागले दिएको छ।