कांग्रेस विशेष महाधिवेशन : मनोनयनपत्र दर्ताको समय सारियो - corporatekhabar.com
Source: cork
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका निम्ति उमेदवारको मनोनयनपत्र दर्ताको समय सारिएको छ । मनोनयनपत्र दर्ता अब मंगलबार बेलुका साढे ६ बजेदेखि गरिने निर्वाचन समितिले जनाएको छ । मनोनयनपत्र दर्ताका निम्ति यसअघि यसै दिन दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपश्चात् दर्ता गरिने भनिएको थियो । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबार देखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । संस्थापन पक्षले विशेष महाधिवेशन स्वीकार गरेको छैन । The post कांग्रेस विशेष महाधिवेशन : मनोनयनपत्र दर्ताको समय सारियो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.