Redirecting...

एमाले महाधिवेशनः इतर पक्षले लगायो मध्यरातमा ४ पदाधिकारीको टुङ्गो - kendrabindu.com

एमाले महाधिवेशनः इतर पक्षले लगायो मध्यरातमा ४ पदाधिकारीको टुङ्गो - kendrabindu.com
Source: kend

काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशनका लागि संस्थापन इतर पक्षले पदाधिकारीमा ४ जनाको नाम अन्तिम टुंगो लगाएको छ । आइतबार मध्यरातमा थापागाउँ स्थित मदन भण्डारी फाउण्डेसनको सम्पर्क कार्यालयमा भएको छलफलले अन्तिम टुंगो लगाएको हो । छलफलको निर्णय इतर पक्षले अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिव गरी चार जनाको नाम ’फाइनल’ गरेको थियो । अध्यक्षमा ईश्वर पोखरेलले उम्मेदवारी दिनेभएका छन् । त्यस्त उपाध्यक्षमा गोकर्ण विष्ट, महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ । बाँकी उम्मेदवारबारे भने छलफल जारी नै छ । पदाधिकारीको संख्या बढाउने गरी आइतबार केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव पारित गरेसँगै तुलनात्मक रूपमा ईश्वर पोखरेल समूहलाई आकांक्षीहरूको व्यवस्थापनका लागि सहज भएको देखिन्छ । त्यो सँगै परशुमेघि गुरूङ, बिन्दा पाण्डे र अरूण नेपाललाई उपाध्यक्षको उम्मेदवार बनाउने तयारी भएको छ । यता उपमहासचिवमा भने थप दुई जनाको नाम अझै टुंगिन बाँकी छ । कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल र इन्द्रलाल सापकोटालाई सचिवको उम्मेदवार बनाउने गरी छलफल चलिरहेको छ । थप २ जना कसलाई बनाउने भन्ने बारे पनि छलफल भइ नै रहेको छ । त्यस्तै ओली समूहमा आकांक्षीहरूको संख्या बढी हुँदा सहमतिका लागि सकस परिरहेको छ त्यहाँबाट असन्तुष्ट नेताहरूलाई पनि आफ्नो समूहको पदाधिकारीमा समेट्ने तयारी इतर पक्षको छ । सोमबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण र बिहान १०ः३० देखि दिउँसो साढे १ बजेसम्म फाराम दर्ता गर्ने कार्यक्रम छ ।