Redirecting...

ओलीको समूहमा अर्को विद्रोह, पण्डित र खरेल सचिवको मैदानमा - www.sutranews.com

ओलीको समूहमा अर्को विद्रोह, पण्डित र खरेल सचिवको मैदानमा - www.sutranews.com
Source: sutr

काठमाडौं । पार्टीको ११ औं महाधिवेशन चलिरहँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कोर टिममै हलचल मच्चिएको छ। केन्द्रीय सदस्यको सूचीमा राखिएका लालबाबु पण्डित र अग्नि खरेल दुबै ओलीको निर्णयविरुद्ध उभिँदै सचिव पदमा उम्मेदवारी लिएर मैदानमा उत्रिए। ओलीका विश्वासपात्र मानिने लालबाबु पण्डितले आफूलाई उपेक्षा गरिएको भन्दै केन्द्रीय सदस्यको सूची अस्वीकार गर्दै सचिवमा उम्मेदवारी दिएका छन्। उता, ओलीकै अर्का निकट नेता अग्नि खरेलले पनि स्वतन्त्र रूपमा सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन्। दुवै नेताले कुनै हालतमा पछि नहट्ने स्पष्ट सन्देश दिएका छन्। दुवै नेताले अध्यक्ष ओलीले पदाधिकारीमा आफूहरूलाई नपत्याएको भन्दै गहिरो असन्तुष्टि पोखेका छन्। आफूहरूलाई नसोधीकन केन्द्रीय सदस्यमा मात्र सीमित पारिएकोप्रति उनीहरूको चित्त दुखाइ खुलेर देखिएको छ।