वर्षैपिच्छे हराउँदै सीटीईभीटीप्रति विद्यार्थीको आकर्षण, यस्तै रहे खाली हुनसक्छन् मातहतका कलेज - techpana.com
Source: tcpn
काठमाडौँ । प्रविधि क्षेत्रमा आम मानिसहरूको रुचि बढ्दै गइरहेको बेला प्राविधिक शिक्षालाई नै लक्षित गरी खोलिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा भने विद्यार्थीको आकर्षण लगातार घट्दै गएको छ । अचेल सीटीईभीटीका प्रि-डिप्लोमा र डिप्लोमाका कार्यक्रममा निर्धारित कोटा अनुरूप विद्यार्थी पाउनै मुस्किल छ । गत वर्ष (२०८१) प्रि-डिप्लोमाका विभिन्न कार्यक्रमका लागि सीटीईभीटीले भर्ना खुलाएकोमा एक तिहाइभन्दा कम विद्यार्थीले भर्ना लिए । २४ हजार ५९३ विद्यार्थी सिट खुलाइएको भए पनि ७ हजार ३०० जना अर्थात् २९.६७ % ...