Redirecting...

दुई दिनको वर्षाले विपी राजमार्ग ध्वस्त, मर्मतका लागि खर्चिएको करोडौं लगानी स्वाहा - nagariknews.nagariknetwork.com

दुई दिनको वर्षाले विपी राजमार्ग ध्वस्त, मर्मतका लागि खर्चिएको करोडौं लगानी स्वाहा - nagariknews.nagariknetwork.com
Source: ngrk

दुइ दिनको लगातार वर्षापछि रोशी खोलामा आएको बाढीले विपी राजमार्ग फेरि ध्वस्त भएको छ। करोडौं खर्च गरेर निकालिएको अस्थायी ट्याक समेत बगाएपछि विपी राजमार्ग पूर्णरुपमा बन्द भएको छ। रोशी खोलामा आएको बाढीले पुर्वकै प्रमुख लाइफलाईन विपी राजमार्ग ध्वास्त भएपछि यात्रुहरुलाई समस्या भएको हो। गतवर्ष असोजको १२ गते रोशी खोलामा आएको बाढीले विपी राजमार्गको सिन्धुलीस्थित नेपालथोकदेखि काभ्रेको भकुण्डे खण्डमा करिब १२ किलोमिटर सडक बगाएको थियो। सडक बगाएको स्थानमा सडक विभागले महिनौं लगाएर करोडौ खर्च गरी अस्थायी ट्याक निकालेर यातायात खोलेको थियो। फेरि यहि असोजको १७ र १८ गते परेको अविरल वर्षासँगै रोशीमा आएको बाढीले विपी राजमार्गको सिन्धुलीस्थित नेपालथोकदेखि काभ्रेको बोक्सीकुना चौकिडाँडा लगायत विभिन्न स्थानमा कटान गरेपछि पूर्णरुपमा राजमार्ग बन्द भएको छ। सिन्धुलीस्थित नेपालथोकदेखि काभ्रेको सिमाना बर्खोखोला सम्मको करिब १ किलोमिटर र काभ्रेतर्फ करिब चार किलोमिटर सडक पुनः ध्वस्त भएको हो। विपी राजमार्गको गतवर्ष बगाएको ट्याक बनाउन सडक विभाग स्थानीय तह लगायतले करोडौं बजेट खर्च गरेका थिए। ध्वस्त भएको विपी राजमार्ग पुनर्निर्माण गर्ने गरी चारवटा खण्डमा विभाजन गरी ठेक्का लागिसकेको छ। दशैलगत्तै निर्माण व्यवसायी निर्माणस्थलमा परिचालन गर्ने गरि ठेक्का लागेको सडक विभाग खाल्टेका प्रमुख पारस हमालले जानकारी दिए।काठमाडौं उपत्यकालाई देशको पूर्वी भेगसम्म जोड्ने उक्त विपी राजमार्गमा दैनिक हजारौं सवारी आवातजावत गर्ने गरेका छन्। अझै यो दशै तिहार जस्ता चाडपर्वमा अन्य समयको तुलनामा तेब्बर बढी सवारीले यस राजमार्गको प्रयोग गर्ने गरेका छन्।यसवर्षको बाढीले ध्वस्त पारेको विपी राजमार्ग पुअस्थायी रुपमै सञ्चालन गर्न करिब एक साता लाग्ने अवस्था देखिएको सिन्धुली क्षेत्रनम्बर २ का पुर्व सांसद लेखनाथ दाहालले बताए। यसका लागि भौतिक पुर्वाधार मन्त्रालयसँग समन्वय भइरहेको उनको भनाइ छ। सिन्धुलीतर्फ सडक निर्माणको काम सुरु भइसकेको सडक विभागले जनाएको छ। नेपालथोकदेखि वर्षे खोलासम्म विभिन्न स्थानमा गरी करिब ६ सय मिटर सडक बगाएको छ, कार्यालय प्रमुख हमालले भने, त्यसका लागि खोला तर्काएर अस्थायी सडक बनाउने कार्य सुरु भइसकेको छ।रोशी खोलामा आएको बाढीले विपी राजमार्ग कटान गरेसँगै उक्त राजमार्ग भएर काठमाडौं आवतजावत गर्ने सम्पूर्ण सवारीलाई मदनभण्डारी राजमार्ग हुँदै हेटौडा र रामेछाप मन्थली हुँदै चरिकोट दोलखा भएर काठमाडौं जान सकिने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताए । विपी राजमार्गमा ठुलो क्षति गरेको देखियो, सबै लागे चाँडै खुलाउन सकिने उनको भनाइ छ ।