कलाकार धुर्मुस सपरिवार किन पुगे अमेरिका ? - farakdhar.com
Source: FRDH
कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले आफू छोरीको दीर्घ उपचारका लागि अमेरिका पुगेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा फैलिएको ‘धुर्मुस सपरिवार अमेरिका पुगे’ भन्ने हल्ला पछि उनले शुक्रबार फेसबुकमार्फत विस्तृत स्ट्याटस लेख्दै त्यसको खण्डन गरेका हुन् । धुर्मुसका अनुसार उनकी १२ वर्षीया छोरीलाई जन्मेको १६ दिनमै म्यानेन्जाइटिस भएको थियो। त्यसपछि घुँडाको हड्डीमा इन्फेक्सन देखिँदा दाहिने खुट्टा देब्रेभन्दा करिब ७ सेन्टिमिटर छोटो भएको छ । नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार सम्भव नभ...