Redirecting...

के सजाय होला त अमेरिकी नियन्त्रणमा रहेका मदुरोलाई ? - bishwokhabar.com

के सजाय होला त अमेरिकी नियन्त्रणमा रहेका मदुरोलाई  ? - bishwokhabar.com
Source: bsbk

काठमाडौं– अमेरिकासँग लामो समयदेखि राजनीतिक रुपमा दुश्मनी सम्बन्ध बनाउँदै आएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अन्नत अमेरिकाको नियन्त्रणमा पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिना अघिबाटै गम्भीर आरोप लगाउँदै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि कडा टिप्पणी गरिरहेका थिए। अन्तत: उनको निर्देशनमा भेनेजुएलामाथि सटिक र उच्च सैन्य कारवाही गर्दै मदुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्युयोर्क पुर्याएको छ। निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिका पुर्याएर न्युयोर्कको संघीय अदालतमा मुद्दासमेत दर्ता गरिसकिएको छ। अब मदुरो अमेरिकी कानुनी कठघरामा उभिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार मदुरो दम्पतीविरुद्ध लागुऔषध तस्करी र आतंकवादलाई प्रश्रय दिएको गम्भीर अभियोगमा मुद्दा दर्ता गरिएको छ। यो घटनालाई दक्षिण अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय कानुनको इतिहास र एक सार्वभौम राष्ट्रप्रति शक्तिराष्ट्रहरुको ‘इन्ट्रेस्ट’ कुन हदसम्म पुग्छ र त्यसलाई आफ्नो प्रभुत्व देखाउन कस्ता खालका अपराधहरुलाइ साक्षी बनाइन्छ भन्ने विषयमा गम्भीर बहस सिर्जना गरेको छ। गम्भीर अभियोगसँगै कानुनी घेराबन्दीमा मदुरोअमेरिकी न्याय विभागले मदुरोमाथि मुख्यतया ‘नार्को-टेररिज्म’ अर्थात् लागुऔषधको माध्यमबाट आतंकवाद फैलाउन खोजेको आरोप लगाएको छ। अभियोग पत्रमा उल्लेख भएअनुसार मदुरोले भेनेजुएलाको सत्ता कब्जा गरेर कोलम्बियाका विद्रोही समूहहरूसँग मिलेर अमेरिकामा ठूलो परिमाणमा कोकिन भित्र्याउने षड्यन्त्र गरेको आरोप लगाइएको छ। साथै उनीमाथि मेसिन गन र विष्फोटक पदार्थ जस्ता घातक हतियारहरू अवैध रूपमा राखेको र प्रयोग गरेको अभियोग समेत लगाइएको छ। सन् २०२० मार्चदेखि नै अमेरिकाले मदुरोको गिरफ्तारीका लागि करोडौँ डलरको पुरस्कार राख्दै आएको थियो, जसको कानुनी प्रक्रिया अहिले न्युयोर्कको साउदर्न डिस्ट्रिक्ट कोर्टमा औपचारिक रूपमा अघि बढेको छ। के मदुरोलाई सदाम हुसुने जस्तै मृत्युदण्ड होला?मदुरोमाथि लागेका अभियोगहरू निकै घातक भए पनि उनलाई मृत्युदण्ड दिइने सम्भावना भने कानुनी रूपमा न्यून देखिन्छ। अमेरिकाको संघीय कानुनमा लागुऔषध तस्करी र आतंकवादका मुद्दाहरूमा जन्मकैदको कडा प्रावधान भए तापनि मृत्युदण्डका लागि हत्या वा राजद्रोह जस्ता विशिष्ट अपराध प्रमाणित हुनुपर्ने हुन्छ। न्युयोर्कको कानुनी अभ्यास र अन्तर्राष्ट्रिय कूटनीतिक संवेदनशीलताका कारण पनि उनलाई मृत्युदण्डको सट्टा अधिक्तम बाँकी जीवन जेलमै बिताउनुपर्ने गरी जन्मकैदको सजाय हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्। मदुरोमाथि भएको यो घटना अन्तर्राष्ट्रिय इतिहासमा पहिलो पटक भने भएको होइन। यसअघि अमेरिकाले विदेशी शासकहरूलाई पक्राउ गरी आफ्नो देशमा मुद्दा चलाएका केही चर्चित घटनाहरु पनि रहेका छन्। जसमा सन् १९८९ मा अमेरिकाले पनामामा सैन्य हस्तक्षेप गरी त्यहाँका शासक म्यानुएल नोरिएगालाई पक्राउ गरेको थियो। उनीमाथि पनि मदुरोलाई जस्तै लागुऔषध तस्करी र मुद्रा अपचलनको अभियोग लगाइएको थियो। नोरिएगालाई अमेरिका लगियो, मुद्दा चलाइयो र उनले धेरै वर्ष अमेरिकी जेलमा बिताउनुपर्यो।। यो घटनालाई अहिले मदुरोलाई लगाइएका आरोपहरुसँग मेल खान्छन्। त्यसोत अमेरिकाले इराकमा आक्रमण गरेर सद्दाम हुसेन र अन्य शासकहरुलाई नियन्त्रणमा लिएको थियो। त्यस्तै युगोस्लाभियाका स्लोबोदान मिलोसेभिक जस्ता नेताहरूलाई पनि अन्तर्राष्ट्रिय अदालत वा विशेष न्यायाधिकरणमार्फत सजाय दिइएको थियो। हुसेनलाई भने आफ्नै देश अर्थात इराकको कानुन अनुसार मृत्युदण्डको सजाय दिइयो।यद्यपि, मदुरोको केसमा अमेरिकाले आफ्नै संघीय अदालत (डोमेस्टिक कोर्ट) मा मुद्दा चलाइएकाले यो धेरै अर्थमा फरक र महत्त्वपूर्ण रुपमा हेरिएको छ। न्यायिक प्रकृयासँगै कूटनीतिक भुमरिको जटिल्ताअबको कानुनी प्रक्रियाअन्तर्गत मदुरोलाई न्यायाधीश समक्ष उपस्थित गराएर अभियोग पत्र पढेर सुनाइने छ। यो प्रक्रियामा उनले आफ्नो प्रतिरक्षाका लागि वकिल राख्न पाउने छन् भने अमेरिकी सरकारी पक्षले उनी विरुद्ध संकलन गरेका दशकौँ पुराना प्रमाण र गुप्तचर रिपोर्टहरू अदालतमा पेश गर्ने छन्। यो मुद्दाको छिनोफानोले भेनेजुएलाको राजनीतिक भविष्य मात्र नभई अमेरिका र दक्षिण अमेरिकी मुलुकहरूबीचको सम्बन्धमा पनि दीर्घकालीन असर पार्ने देखिएको छ। अमेरिकी अधिकारीहरूले मदुरोलाई न्यायको कठघरामा ल्याउनुलाई लागुऔषध विरुद्धको युद्धमा ठूलो सफलताका रूपमा व्याख्या गरेपनि विश्वभर यसमा लागुऔषध भन्दा पनि राजनीतिक रुपमा प्रतिसोध साँधिएको भन्ने आरोपलाइ समेत बल पुर्याएको छ। के-के छन् मदुरोमाथि अमेरिकाले लगाएका अभियोग?मदुरोलाइ आधिकारीक रुपमा कहाँ राखिएको छ भनेर अमेरिकाले खुलाएको छैन्। न्युयोर्कको साउदर्न डिस्ट्रिक्ट कोर्टमा दर्ता भएको अभियोग पत्र र अमेरिकी संघीय कानुनका प्रावधानहरूका आधारमा निकोलास मदुरोमाथि लगाइएको सबैभन्दा गम्भीर अभियोग भनेको ‘नार्को-टेररिज्म’ हो। अमेरिकी कानुन अनुसार आतंकवादलाई सघाउन लागुऔषधको व्यापार गरेको प्रमाणित भएमा यसमा अत्यन्त कडा सजायको व्यवस्था छ। यो अभियोगमा दोषी ठहरिएमा मदुरोलाई न्यूनतम २० वर्षदेखि अधिकतम जन्मकैद सम्मको सजाय हुन सक्छ। यसको अर्थ उनले आफ्नो बाँकी जीवन अमेरिकी जेलमै बिताउनुपर्ने हुन सक्छ। साथै दोस्रो ठूलो अभियोग अमेरिकामा ठूलो परिमाणाम (५ किलोमाथि) मा कोकिन भित्र्याउन आपराधिक समूहहरूसँग मिलेको आरोप पनि उनी माथि छ। यो आरोपमा अमेरिकी संघीय अदालतले न्यूनतम १० वर्षदेखि अधिकतम जन्मकैद सम्मको सजाय सुनाउन सक्छ। अभियोग पत्रमा मदुरोले ‘कार्टेल अफ द सन्स’ को नेतृत्व गर्दै हजारौँ टन कोकिन अमेरिका पठाएको दाबी गरिएकोले यसमा सजायको मात्रा उच्च हुने देखिन्छ। त्यस्तै मदुरोमाथि मेसिन गन र विनाशकारी उपकरणहरू (जस्तै विष्फोटक पदार्थ) प्रयोग गरेको र कब्जामा राखेको अभियोग पनि छ। अमेरिकी कानुन (१८ यु.एस. कोड ९२४) अनुसार लागुऔषध तस्करीको क्रममा मेसिन गन वा विनाशकारी उपकरण प्रयोग गरेको पाइएमा न्यूनतम ३० वर्षको अनिवार्य कैद सजाय हुन्छ। यदि यस्ता हतियारहरू तस्करीको षड्यन्त्र सफल बनाउन प्रयोग गरिएको पुष्टि भएमा यसमा पनि जन्मकैद सम्मको सजाय हुनसक्ने प्रावधान छ। साथै कैद सजायका अतिरिक्त, मदुरोले अवैध व्यापारबाट आर्जन गरेको भनिएको अर्बौँ डलर बराबरको सम्पत्ति अमेरिकाले जफत गर्ने प्रक्रियाअघि बढाउन सक्छ। लागुऔषध तस्करीका यस्ता ठूला मुद्दाहरूमा अदालतले करोडौँ डलर जरिवाना समेत तोक्न सक्छ।अमेरिकी अधिकारीहरूले यसअघि नै मदुरो र उनका निकटवर्तीहरूको बैंक खाता र अन्य सम्पत्ति रोक्का गर्ने प्रयास गरिरहेका छन्। राजनीतिक र कुट्नीतिक रुपमा कस्तो पर्ला असर?मदुरो भेनेजुएलाको सत्तामा रहँदा पक्राउ परेकाले यो मुद्दा केवल कानुनी मात्र नभई कूटनीतिक रूपमा पनि जटिल छ। अमेरिकाले उनलाई ‘अवैध तानाशाह’ माने पनि अन्तर्राष्ट्रिय जगतमा बहाल वाला राष्ट्रप्रमुखलाइ अपहरण गरेर आफ्नो देशमा पुर्याएको विषयमा संयुक्त राष्ट्रसंघदेखि विश्वभरका राष्ट्रहरुले चासो देखाइरहेका छन्। यद्यपि, न्युयोर्कको अदालतमा मुद्दा अघि बढेपछि उनलाई कडा सुरक्षाका बीच ‘महानगर हिरासत केन्द्र’ मा राखेर सुनुवाइ प्रक्रिया अघि बढाइने सम्भावना रहेको छ। जहाँ उनले कुनै पनि राजनीतिक उन्मुक्ति पाउने सम्भावना देखिँदैन। अन्तर्राष्ट्रिय स्तरमा ठूला बहस सुरु भएपनि अमेरिका पुर्या।इएपछि उनी छुट्ने सम्भावना र यसअघिका यस्तै घटनाहरूको अन्तर्राष्ट्रिय अभ्यासहरु हेर्दा निकै कठिन छ उनको छुट्ने सम्भावना। के अन्तर्राष्ट्रिय दबाबले छुटन सक्छन्?मदुरो तत्कालै वा सहजै रिहा हुने सम्भावना निकै कम देखिन्छ। अमेरिकी न्याय विभागले उनी विरुद्ध दशकौँदेखिको अनुसन्धान र प्रमाणहरू संकलन गरेको दाबी गरेको छ। त्यसोत अमेरिकाले मदुरोलाई एक ‘वैध राष्ट्रपति’ को सट्टा एउटा ‘आपराधिक गिरोहको नाइके’ (नार्को-टेरोरिस्ट) को रूपमा अभियोग दर्ता गरेको छ। अन्तर्राष्ट्रिय कानुन अनुसार बहालवाला राष्ट्राध्यक्षले पाउने उन्मुक्ति (इम्युनिटी) मदुरोको हकमा लागु नहुने अमेरिकी तर्क छ, किनकि अमेरिका र अन्य ५० भन्दा बढी देशले उनलाई भेनेजुएलाको वैधानिक नेता मान्न अस्वीकार गरिसकेका छन्। त्यस्तै जमानतमा पनि उनको रिहाइको सम्भावना लगभग शून्य जस्तै छ। किनकी न्युयोर्कको अदालतमा यस्ता गम्भीर लागुऔषध र आतंकवाद सम्बन्धी मुद्दामा भाग्न सक्ने जोखिम (फ्लाइट रिस्क) उच्च हुने भन्दै सामान्यतया अदालतले जमानत (बेल) दिँदैन। त्यसैले, मुद्दाको अन्तिम फैसला नभएसम्म उनी हिरासतमै रहने प्रबल सम्भावना रहन्छ। यद्धपी रसिया, चाइन तथा अन्य ठूला युरोपेली देशका नेताहरुले देखाउने कुट्नीतिक व्यवाहारले थप विश्व राजनीति पेचिलो बन्न सक्ने छ। यसले कुट्नीतिक दबाबको काम गर्न सकेमा भने उनलाई फरक व्यवाहार हुन सक्छ। कानुनी बाटो कठिन भएपनि भविष्यमा कुनै राजनीतिक सम्झौता भएमा उनी छुट्न सक्ने झिनो सम्भावना रहन्छ। यदि भेनेजुएलामा नयाँ लोकतान्त्रिक सरकार गठन भयो र अमेरिकाले आफ्नो कूटनीतिक स्वार्थ पूरा भएको महसुस गर्यो भने, उनलाई कुनै तेस्रो देशमा निर्वासनमा पठाउने वा सजाय कम गर्ने गरी ‘पिल बार्गेनिङ’ हुन सक्छ। तर, वर्तमान स्थितिमा अमेरिकी प्रशासन उनलाई कडाभन्दा कडा सजाय दिलाउने पक्षमा रहेको कडा अडानहरु सार्वजानिक गरिरहेको तथा भेनेजुएलामाथिनै आफूले शासन गर्ने ट्रम्पको घोषणाले राजनीतिक र कुट्नीतक रुपमा समेत जटिल अवस्था सिर्जित भएको छ।