काठमाडौँमा बढ्यो चिसो, आगो ताप्न थाले नागरिक (तस्विरहरु) - arthasarokar.com
Source: aths
काठमाडौँ । पुस लागेसँगै काठमाडौँ लगायत देशभरको तापक्रम घटेको छ । तापक्रम घटेसँगै बिहान र बेलुकाको समयमा काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ । मंगलबार बिहान गरिएको मापन अनुसार न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उपत्यकामा बिहानको समयमा विभिन्न काममा निस्कने मानिसहरूले बाक्लो कपडा लगाउन थाली सकेको अवस्था छ भने कतिपय मानिसहरू आगो ताप्न सुरु गरिसकेको अवस्था छ । विशेष गरी बिहानको समयका विद्यालय, कलेज र विभिन्न काममा संलग्न मानिसहरु जाडोयाम सुरु भएसँगै बढी प्रभावित भएका देखिन्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः