Redirecting...

बराबरीमा रोकियो लिभरपुल - ehimalayatimes.com

बराबरीमा रोकियो लिभरपुल - ehimalayatimes.com
Source: hmlt

लण्डन । इंग्लिस प्रिमियर लिगमा अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुलले लिड्स युनाइटेडसँग अंक बाँडेको छ । एलान रोड रंगशालामा पाहुना टोली लिभरपुल लिड्स युनाइटेडसँग ३-३ को बराबरीमा रोकिएको हो । यो नतिजासँगै १५ खेलमा २३ अंक जोडेको लिभरपुल आठौं स्थानमा छ । लिड्स समान खेलबाट १५ अंकका साथ १६औँ स्थानमा छ । लिरपुलका ह्युगो एकिटिकेले दुई तथा डोमिनिक स्जोबोसजलाईले एक गोल गर्नुभयो । लिड्सका लागि डोमिनिक क्याल्भर्ट-लेविन, एन्टोन स्ट्याच र एओ तनाकाले समान एक गोल गर्नुभयो । खेलको ४८ र ५०औँ मिनेटमा एकिटिकेले गोल गर्दै लिभरपुललाई २-० ले अगाडि बढाउनुभएको थियो । लेविनले ७३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दा खेल २-१ को स्थितिमा आयो । दुई मिनेटपछि नै स्ट्याचले लिड्सलाई २-२ को बराबरीमा ल्याउनुभयो । स्जोबोसजलाईले ८०औँ मिनेटमा लिभरपुलको अग्रता ३-२ मा पुर्‍याउनुभयो । तर, अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुल अंक बाँड्न बाध्य बन्यो । शनिबारै सम्पन्न अन्य खेलमा एस्टन भिल्लाले आर्सनल तथा न्युक्यासल युनाइटेडले बर्नेलीलाई २-१, एभरटनले नटिङघम फरेस्ट तथा म्यानचेस्टर सिटीले सन्डरल्याण्डलाई ३-० र टोटनहमले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरे । यसैगरी, चेल्सी र बर्नमाउथ गोलरहित बराबरीमा रोकिए । एजेन्सी