गजल : लुकेर हान्ने - sahityapost.com
Source: shpt
लुकेर हान्ने खुँखार हुन्छन्बगेर आँखा जँघार हुन्छन् । सुषुप्त संसार शान्त मनमाअशान्त पार्ने हजार हुन्छन् । भनेर मीठो दिएर पीडामुहार राम्रो दोधार हुन्छन् । म मात्र राम्रो अरू खराबघमण्ड सारा सवार हुन्छन् । खनेर बाटो हिँडेर आफैँपिता र माता अपार हुन्छन् । सकिन्छ माया लिएर मात्रदिएर कोही पियार हुन्छन् ।