यी हुन् एमाले महाधिवेशनमा भोट नहाल्ने ३५ प्रतिनिधि - kendrabindu.com
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शतप्रतिशत मत खस्न सकेन। कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्। निर्वाचन आयोगका अनुसार मतदानमा सहभागी नहुने प्रतिनिधिहरूमा मुकुन्द न्यौपाने, वसन्त नेम्वाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजोपाध्याय, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला, दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मिना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल र गोमा नेपाली लगायत रहेका छन्। मतदानमा अनुपस्थित प्रतिनिधिहरू विभिन्न कारणले सहभागी हुन नसकेको बताइए पनि यसबारे आधिकारिक रूपमा विस्तृत कारण सार्वजनिक गरिएको छैन। महाधिवेशनमा अधिकांश प्रतिनिधिको सहभागिता रहे पनि केही प्रभावशाली नामहरू मतदानबाट बाहिर रहनुले पार्टीभित्र आन्तरिक चर्चा चुलिएको छ। मतदान सकिएसँगै एमालेको नयाँ नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने मतपरिणाम सार्वजनिक भएसँगै पार्टीको आगामी राजनीतिक दिशा स्पष्ट हुने अपेक्षा एमालेजनको छ । मतदान बाट बाहिर रहनेहरुको सुची यस्तो रहेको छः केन्द्रीय कमिटीः मुकुन्द न्यौपाने बसन्त नेम्वाङ बालकृष्ण काउछा मगर ब्रिजेश गुप्ता राजकुमार गुप्ता हरि बहादुर राजवंशी अनुशासन आयोगः पोष्ट कुमार नेपाल सरस्वती गौतम सतिलाल राजवंशी प्रदीप प्याकुरेल (सुशील) (उपस्थित तर कार्ड नभएको) निर्वाचन आयोगः समीर नेपाल रचना राजोपाध्याय लेखा आयोगः अशोक केसी विभागः धनश्याम कोइराला संजीव रोकाहा महाधिवेशन प्रतिनिधिः कृष्णमाया भुजेल (झापा) लक्ष्मी यादव (बारा) शत्रुधन प्रसाद सिंह (सिरहा) राजेन्द्र प्रसाद यादव (पर्सा) अशु आनन्द (पर्सा) मनोजकुमार गुप्ता (पर्सा) विजय कापर (सप्तरी) जितेन्द्र चौधरी (महोत्तरी) दानबहादुर बिक बब्लु शिवाकोटी सिर्जना नेपाली (प्रवास) अशिम कोइराला दिनेश बास्तोला गिरिराज बेलबासे राजेन्द्र अर्याल मिना पोख्रेल तेजकुमार विक पल्लवराज भट्ट तिलक रिजाल गोमा नेपाली मतदानमा अनुपस्थित प्रतिनिधिहरूको कारण सार्वजनिक गरिएको छैन। महाधिवेशनमा अधिकांश प्रतिनिधिको सहभागिता भए पनि केही प्रभावशाली नामहरूको अनुपस्थिति पार्टीभित्र आन्तरिक चर्चा चुलिएको छ।