एमाले महाधिवेशन तयारी तीव्र, २५ सय प्रतिनिधि सहभागी हुने - farakdhar.com
Source: FRDH
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ । महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले आज निरीक्षण गरेको छ । उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरूले कार्यक्रमस्थलको अनुगमन गरेका हुन् । उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब २ लाख अट्नसक्ने क्षमता रहेको बताउँदै उक्त चौर भरिभराउ हुने बताए । उनले महाधिवेशन...