सवारी दुर्घटनामा तीन जनाको मृत्यु - www.nepaliheadline.com
काठमाडौं-रूपन्देही सैनामैना नगरपालिका-४ कुश्मास्थित सडकमा लु.३० प १२१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवास्थित अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । सुनसरी दुहबी नगरपालिका-२ पचिरास्थित सडकमा को.६ प ५२४१ नम्बरको मोटरसाइकल र को.३२ प १५०४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा को.३२ प १५०४ नम्बरको मोटरसाइकल चालक गढी गाँउपालिका-२ बस्ने १८ वर्षीय नजामुदिन मियाको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको विराट नरसिंह होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका को.६ प ५२४१ नम्बरको मोटरसाइकल चालक र को.३२ प १५०४ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । महोत्तरी बर्दिबास नगरपालिका-१० वनपथ चोकस्थित सडकमा प्र.२-०३-००१ ख ६४६१ नम्बरको ट्रकले म.प्र ०२-००८ प ६८३४ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सर्लाही लालबन्दी नगरपालिका-९ बस्तिपुर क्याम्पस चोक बस्ने ३८ वर्षीय नर कुमार आचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रमममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।