Redirecting...

द फुजियान: चीनको अत्याधुनिक विमानवाहक युद्धपोतले कसरी अमेरिकासँग नौसैनिक हतियार प्रतिस्पर्धा गर्न सक्छ - www.bbc.com

द फुजियान: चीनको अत्याधुनिक विमानवाहक युद्धपोतले कसरी अमेरिकासँग नौसैनिक हतियार प्रतिस्पर्धा गर्न सक्छ - www.bbc.com
Source: bbcn

CCTV फुजियानको समतल उडान डेक र इलेक्ट्रोम्याग्नेटिक क्याटापल्टहरूले यसलाई बढी इन्धन र हतियार बोकेका भारी विमानहरू प्रक्षेपण गर्न सक्ने बनाउँछ सन् २०२५ को नोभेम्बरमा सुरु गरिएको चीनको तेस्रो विमानवाहक युद्धपोतले अरू दुईवटा युद्धपोतहरूलाई धेरै नै पछाडि पार्ने विशेषज्ञहरूले बताएका छन्। उनीहरूले यसले बेइजिङलाई पश्चिमी प्रशान्त क्षेत्रमा अमेरिकी दबदबालाई चुनौती दिने आफ्नो उद्देश्यको नजिक पुर्‍याएको बताएका छन्।ताइवानको सबैभन्दा नजिकमा रहेको चीनको एउटा प्रान्तबाट नामकरण गरिएको ८०,००० टन तौलको फुजियानले करिब ७० वटा विमानसम्म बोक्न सक्छ जसमा लडाकु विमान, हेलिकोप्टर र पूर्व सचेतना दिने विमानहरू पर्छन् र त्यसले लामो दूरीका सम्भावित खतरा पहिचान गर्न, हवाई रक्षा समन्वय गर्न तथा ठ्याक्कै निशानामा पर्ने गरी प्रहारहरू गर्न सक्छ।यसले चीनको नौसेनालाई नयाँ स्तरको पहुँच र लचिलोपन प्रदान गर्नुका साथै यो एउटा स्पष्ट आशयको अभिव्यक्ति पनि हो। बन्दरगाह शुल्क बढाएर चिनियाँ पानीजहाजलाई 'प्रहार गर्ने' अमेरिकी योजना, पर्न सक्छ यस्तो असरभारतको निम्ति अमेरिकाको स्थान के चीनले लिन सक्छ? विशेषज्ञहरू यसो भन्छन् यो विमानवाहक चीनको पहिलो यस्तो युद्धपोत हो जसमा समतल उडान डेक र इलेक्ट्रोम्याग्नेटिक क्याटापल्टहरू छन्, जसले बढी इन्धन र हतियार बोकेका भारी विमानहरू प्रक्षेपण गर्न सम्भव बनाउँछ। यस्तो क्षमता राख्ने विमानवाहक भएको अर्को एक मात्र देश अमेरिका हो।"यसले चीनका विमान वाहक समूहलाई एउटा नयाँ तहमा पुर्‍याउँछ जसले (यसका अन्य दुई विमानवाहक) ल्याओनिङ र सान्डोङलाई धेरै नै पछाडि पार्छ," ताइवानको न्याश्नल डिफेन्स एण्ड सेक्युरिटी रिसर्च इन्स्टिट्यूटका डा. विलियम सी. चुङले बीबीसी न्यूज चाइनिजसँग भने।"पक्कै पनि, डेकको डिजाइन र इलेक्ट्रोम्याग्नेटिक क्याटपल्टले विमानको उडान र अवतरण चुस्त रूपमा गर्नलाई उल्लेख्य रूपमा सुधारेको छ। स्की-जम्प क्यारियरले विमान चालकहरूलाई तौलका कारण हतियार बोकाइ घटाउन बाध्य बनाउँछन् जसले सञ्चालन गर्ने लचिलोपनालाई सीमित तुल्याउँछ।" Getty Images चीनको दोस्रो विमानवाहक शान्डुङ विमान टेकअफ र ल्यान्ड गर्दा परम्परागत "स्की-जम्प" मा भर पर्छ सरकारी सञ्चारमाध्यमहरूले फुजियानलाई चीनको नौसेना विकासमा 'प्रमुख कोशे ढुङ्गा' भनेका छन्।अब चीनले अमेरिकासँग बराबरी गर्दै 'गनबोट कूटनीति' सञ्चालन गर्न सक्ने डा. चुङले बीबीसी न्यूज चाइनिजलाई बताए। न्यूयोर्क टाइम्सले भने चीन 'रक्षात्मक आधुनिकीकरण' बाट 'आक्रामक शक्ति प्रदर्शन' तिर सर्दै गरेको भनेर लेखेको थियो। चिनियाँ राष्ट्रपति सी जिनपिङको वक्तव्यमा "प्रशान्त क्षेत्र अमेरिका र चीन दुवैका लागि विशाल छ", यसले समानताको आह्वानलाई स्पष्ट गर्छ।सीको नेतृत्वमा चीनले अत्यन्त तीव्र गतिमा आफ्नो नौसेनाको विस्तार गर्दै आएको छ। अहिले चीनमा पानीजहाजहरूको सङ्ख्या संसारमै सबैभन्दा धेरै छ जसले अमेरिका र उसका सहयोगीहरूमा दबाव बढाएको छ। चीनद्वारा 'रेअर अर्थ' धातु र चुम्बक निर्यातमा अङ्कुश, अप्ठ्यारोमा अमेरिकाट्रम्पको 'ट्यारिफ युद्ध'को निसानामा परेको चीनले अपनाउन सक्ने सम्भाव्य रणनीति सरकारी सञ्चारमाध्यमहरूले जनाएअनुसार फुजियानमा भएको इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट प्रयोग गर्ने निर्णय 'स्वयम्‌ सीले व्यक्तिगत रूपमा गरेका' थिए। साथै उनले दक्षिणी द्वीप प्रान्त हाइनानमा भएको भव्य समारोहको अध्यक्षता गरेका थिए। त्यहाँ उनले विमानहरू निरीक्षण गरे र पाइलटहरूलाई नायक भनेर प्रशंसा गरेका थिए।सेनाको हरियो पोसाक लगाएका सीले उडान डेकबाट लाइनमा बसेर अभिवादन गरिरहेका नाविक समक्ष भाषण दिए: "पार्टीको आदेश मान, जित्नका लागि लड, र उत्कृष्ट आचरण कायम राख!" Getty Images अमेरिकी नौसेनाका अरू १० वटा १,००,००० टन तौलका विमानवाहक युद्धपोतहरूजस्तै, यूएसएस अब्राहम लिन्कन पनि परमाणु ऊर्जा द्वारा सञ्चालित छ BBC अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिट्यूटले फुजियानलाई 'स्वीफ्ट डेटरेन्ट' भनेको छन् जसले आक्रमणका लागि लडाकु विमान र एम्फिबियस (जमिन र पानी दुवैमा चल्ने) गाडी बोक्न सक्छन्।डा. चुङले बीबीसी न्यूज चाइनिजलाई भने: "शान्तिको समयमा फुजियानले अमेरिकी युद्धपोतको तैनाथीकै समान क्षमता प्रदान गर्छ। दीर्घकालीन रूपमा यसले विश्वव्यापी पहुँच बनाउँछ, सम्भावित रूपमा मध्यपूर्व, अफ्रिका वा युरोपमा परिचालन गर्न सकिन्छ।" बेइजिङले लामो समयदेखि स्वशासित ताइवानलाई आफ्नो भूभागको हिस्सा ठान्दै आएको छ र एक दिन यसलाई "फेरि एकीकरण" गर्ने प्रतिज्ञा गरेको छ र बल प्रयोगको विकल्पलाई अस्वीकृत गरिएको छैन।वाशिङ्टनस्थित थिङ्क ट्याङ्क हडसन इन्स्टिट्यूटका डा. सतोरू नगाओले पनि फुजियानले प्रशान्त महासागरबाट ताइवानको पूर्वी रक्षा किल्लाहरूलाई धम्की दिन सक्ने क्षमता राख्ने बताए। उनले बीबीसी न्यूज चाइनिजलाई भने: 'फुजियानलाई त्यहाँ परिचालन गर्दा यी किल्लाहरूमा जल र थल दुवैबाट आक्रमण गर्न सक्ने स्थिति बन्ने छ।"यद्यपि, जापानको ओकिनावा, दक्षिण कोरिया, गुआम र फिलिपिन्सका नौसैनिक अड्डामा रहेका अमेरिकी सेनाले सजिलै प्रतिआक्रमण गर्न सक्छन्। र, अमेरिकी नौसेनाका ११ वटा १,००,००० टन तौलका विमानवाहक युद्धपोतहरू परमाणु ऊर्जा जडित छन्। AFP via Getty Images चीनका अन्य दुई विमानवाहकजस्तै शिन्डोङ पनि डिजेलबाट चल्छ जसमा अन्य जहाजहरूबाट बारम्बार इन्धन हालिरहनुपर्छ डा. चुङले फुजियानका डिजेल इन्जिन र चीनको ठूला विदेशस्थित बन्दरगाह अभावको कारणले जहाजमा बारम्बार इन्धन भर्नु पर्ने स्थिति बन्ने भएकाले यसको युद्ध क्षमता धेरै हदसम्म सीमित गर्ने बताए।सन् २०२५ को अक्टोबरमा फुजियानको मूल्याङ्कनबारे प्रकाशित सामग्रीमा जापानको न्याश्नल इन्स्टिट्यूट फर डिफेन्स स्टडिजका आइता मोरिकीले लेखेका छन्: "थुप्रै प्राविधिक र जनशक्तिसम्बन्धी चुनौतीहरू अझै बाँकी छन्।" AFP via Getty Images अमेरिकाको नौसेनाको सबैभन्दा ठूलो विमानवाहक यूएसएस गेरल्ड आर फोर्ड हो जुन विश्वको सबैभन्दा आधुनिकमा पर्छ डा. चुङले बीबीसी न्यूज चाइनिजलाई भने: "अर्को शब्दमा भन्नुपर्दा, फुजियान र अन्य चिनियाँ विमानवाहक युद्धपोतहरूको समग्र युद्ध क्षमता र अनुभव अमेरिकी सेनाको भन्दा अझै निकै फरक छ जसले वास्तविक युद्धमा लडेको छ।"अमेरिकी रिअर एडमिरल ब्रेट मीटसले सन् २०२५ सेप्टेम्बरमा वाशिङ्टन पोस्टलाई भने: "उनीहरूका तीन [विमानवाहक छन्], हामीसँग ११ छन् र हामी दशकौँदेखि यसमा लागिरहेका छौँ। BBC उच्च-प्रविधि क्षेप्यास्त्रहरूको विकासले विमानवाहक युद्धपोतहरूको समग्र सैन्य महत्त्व कम गरेको हुन सक्छ। र, इलेक्ट्रोम्याग्नेटिक क्याटापल्टहरू भए तापनि पाइलटहरूले अझै पनि तरङ्गमा हल्लिने डेकमा जोखिमपूर्ण उडान र अवतरण गर्नुपर्छ।'यदि [मानवरहित] ड्रोन एआई [आर्टिफिसिअल इन्टेलिजेन्स] प्रविधि परिपक्व भयो भने ड्रोनवाहकहरू बढी किफायती हुनेछन् र मुख्य बलको रूपमा परिणत हुनेछन्,' डा. नगाओले बीबीसी न्यूज चाइनिजसँग भने।जे भए पनि चीन पहिले नै चौथो विमानवाहक युद्धपोत बनाउँदै छ भन्ने उपग्रह तस्बिरहरूले सङ्केत दिएका छन्। विस्तार गर्न योजना बनिरहेको छ र विशेषज्ञहरू परमाणु ऊर्जा सञ्चालित विमानवाहकतर्फ सर्ने छ भनिरहेका छन्। विशेषज्ञहरूले अमेरिकी–चिनियाँ समुद्री हतियार प्रतिस्पर्धाको पूर्वानुमान समेत गरेका छन्।"अमेरिकाले पनि नयाँ विमानवाहक बनाइरहेको छ जसले तिनीहरूको दीर्घकालीन महत्त्व देखाउँछ," ताइवानको मिनिस्ट्री अफ न्याश्नल डिफेन्सको समर्थन रहेको ताइपेइस्थित न्याश्नल डिफेन्स एन्ड सेक्युरिटी रिसर्च इन्स्टिट्यूटका जियाङ सिन-बियाओले न्यूयोर्क टाइम्सलाई भने।"खतरा सापेक्ष छन् र दुवै पक्षका लागि विद्यमान छन्, चाहे त्यो चीन होस् वा अमेरिका।" अमेरिका भेनेजुएला तनाव: अमेरिकी हमलाको त्रास र तयारी अमेरिका-चीन व्यापार युद्धमा बेइजिङले खेल्न सक्ने 'पाँच तुरुप' बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।