लिग-२ मा नेपालको अंक गणित जटिल, शीर्ष चारको लागि १४ जित अनिवार्य - farakdhar.com
Source: FRDH
जारी संस्करणको आइसिसी विश्वकप लिग–२ मा नेपालले आधाभन्दा बढी म्याच खेलिसकेको छ । नेपालले अहिलेसम्म पाँच श्रृङ्खलाको २० वटा म्याच खेलिसकेको हो । यसपटकको लिग–२ मा नेपालले कमजोर प्रदर्शन गरिरहेकाे छ । २० म्याच खेल्दासम्म नेपालले केवल पाँच खेलमा जित निकालेको छ । यस्तै, दुई खेलमा अंक बाँडेको नेपालले १३ म्याचमा हारको सामना गरेको छ । नेपाल अहिले १२ अंकका साथ तालिकाको सातौं स्थानमा छ । गत संस्करणको लिग–२ मा तेस्रो स्थान हासिल गरेर सोझै एकदिवसीय विश्वकप छनोट खेलेको नेपालले यसपालि ...