कविता : अनुप्रिया - sahityapost.com
अनुप्रिया !तिम्रो यादमामैले भिजाएका सिरानीकाखी च्यापेरगनेका अनगिन्ती ताराहरू तालछेउमा भक्कानिएरफालेका दर्शनढुङ्गाहरूउखेलेका नदीकिनारका बुट्यानहरूटुक्राएका नाडीका रक्तनसाहरूर खुर्केका भाग्यरेखाहरूको कसम मुटु टुक्रिएपछिमुटु जोड्न पनित मुटु नै चाहिने रहेछ। अनुप्रिया !तिम्रो यादमामैले भत्काएका आँखाका डिलहरूभट्टीमा बिछ्याएररोजेका रक्सीका बोतलहरू बसेका चुरोट, गाँजा र सुर्तीका अम्मलहरूच्यातेकातिमीले पठाएका अहङ्कारहरूआफ्नै अनुहार चिथोरेरकुरूप पारेका नग्राहरू धर्तीमा बजारेका मुठ्ठीहरूपटक–पटक कोतरेरक्षतविक्षत बनेकाआफ्नै टाउकाका घाउ र खतहरूको कसम तिम्रो सम्झनामातिमीलाई बिर्सन पनित तिमी नै चाहिने रहेछ । अनुप्रिया !तिम्रो यादमामैले रोकेका मुटुका धड्कनहरूएक–एक गरेर खोजेका विकल्पहरू तड्पिएका चुक समानका रातहरूब्युँतिएका सुनामी छालहरूकलेटीले फटफटाएका सुक्खा ओठहरूपुतपुताएका चिसा परेलाहरू र खड्किएकातिम्रा अभावहरूको कसमअभाव परिपूर्तिका लागि पनित तिमी नै चाहिने रहेछ। अनुप्रिया !तिम्रो यादमामैले छाती पिटी–पिटीक्षतविक्षत बनाएरहाँस्न मात्रै सकेको भएआकाशको कालो बादलहटेर नीलो हुँदो हो । गन्तव्यहीन हुँदाहुँदै पनिगन्तव्यकै लागिभौतारिँदै हिँड्न सकेको भएमेरो यात्रालेसहयात्री भेट्टाउँदो हो। पहाडको बीचमाडाँको छोडेरचिच्याउन मात्रै सकेको भए पनिमेरो रोदनमापहाडले साथ दिँदो हो । साच्चै !मैले चिच्याउँदै बोलाएकोपहाडको कसमखाँचो परेपछिखाँचो टार्न पनित तिमी नै चाहिने रहेछौ । अनुप्रिया !तिम्रो यादमातिमीले छोडेकै दिनदेखि तिमीलाई पाउँदिनँभन्ने जान्दाजान्दै पनितिमीलाई नै पाउनका लागितिम्रो प्रतीक्षामामैले आफूलाई रित्याएको छु । आस नै नरहँदा पनिआस लागेपछिआस मार्न पनित खास नै चाहिने रहेछ । सास नै रोकिन लागेपछि तसास फेर्न पनिसासह नै चाहिने रहेछ