भारतको सामान्य सुरुवात - www.hamrokhelkud.com
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको पाँचौ तथा अन्तिम टेस्टमा भारतले सामान्य सुरुवात गरेको छ । ओभलमा जारी खेलमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको भारतले सामान्य सुरुवात गरेको हो । वर्षाका कारण खेल पटक पटक रोकिएपछि पहिलो दिन ६४ ओभरको मात्र खेल सम्भव भएको थियो । पहिलो दिन बिहिवारको खेल सकिँदा भारतले ६ विकेट गुमाएर २ सय ४ रन जोडेको छ । अर्धशतक बनाएका करुण नायर र वासिंटन सुन्दर क्रिजमा छन् । त्यसअघि साई सुदर्सन ३८, कप्तान शुभमन गिल २१, धुव्र जुरेल २१ तथा केएल राहुल १४ रनमा आउट भएका थिए । घरेलु टोलीका लागि पहिलो दिन जोस टंग र गस एटकिन्सनले समान २ तथा क्रिस वोक्सले १ विकेट लिए । ५ टेस्ट सिरिजमा घरेलु टोली २-१ ले अघि रहेको छ । पहिलो र तेस्रो टेस्ट घरेलु टोलीले तथा दोस्रो टेस्ट पाहुना भारतले जितेको थियो । चौथो टेस्ट बराबरीमा सकिएको थियो ।The post भारतको सामान्य सुरुवात first appeared on हाम्रो खेलकुद.