Redirecting...

कविता: एउटा पार्टी - sahityapost.com

कविता: एउटा पार्टी - sahityapost.com
Source: shpt

तल्लाघरेलाई आफ्नैमाथ्ला घरेलाई आफ्नैबीच घरेलाई आफ्नैया भनूँ, सबै नेपालीलाईआ-आफ्नै पार्टी चाहिएको छ। सबका सबलाई नियम आफ्नै,ऐन आफ्नै, कानुन आफ्नैमान आफ्नै, मर्यादा आफ्नैसुर आफ्नै, ताल आफ्नैभित्र आफ्नै, बाहिर आफ्नैतल आफ्नै, माथि आफ्नैसबै आफ्नै बनाउन आ–आफ्नै पार्टी चाहिएको छ। लाग्छ, पार्टी खोल्ने होडबाजीमाप्रत्येक नेपाली आ–आफ्नै पार्टी खोल्नएकदलीय बृहत् सङ्गठन बनाउनआफ्नै स्वर माथि पार्न दिनहुँ लागिरहने छ,सदाबहार दिन र रात जस्तै। तर देशलाई भने देशको दुःख देख्नेतीव्र विकासमुखी, भ्रष्टाचार विरोधीपीडितलाई न्याय दिन सक्ने न्यायिक दम भएकोसमयसापेक्षित चल्नेधर्म र कर्ममा विभेद नदेख्ने,नारी–पुरुषलाई समान देख्नेएउटै मात्र एउटै पार्टी चाहिएको छ। कस्ले बनाउला त देशको विकासको लागि पार्टी ?कहिले बन्ला त देशको गरिबी निकासको लागि पार्टी ?के बन्ला त सबै आवाजको प्रतिनिधि,एउटै पार्टी, केवल एउटै पार्टी ? The post कविता: एउटा पार्टी appeared first on साहित्यपोस्ट.