निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन - farakdhar.com
Source: FRDH
आगामी फागुन २१ गते हुने निर्वाचनको खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकले राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै उक्त व्यवस्था लागू गरेको हो । परिपत्र अनुसार राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार बनेका व्यक्ति (समानुपातिक उम्मेदवार समेत) तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन अवधिसम्म सञ्चालन हुने गरी एक मात्र बैंक खाता खोल्नुपर्नेछ । निर्वाचनसँग सम्बन्धित सम्पूर्ण आम्दानी र खर्च यही खातामार्फत गर्नुपर्नेछ । निर्वाचन सम्पन्न भइसकेपछि आयोग...