अलैँचीको बजार भाउ लगातार ओरालो - ujyaaloonline.com
Source: unn
ताप्लेजुङ – अलैँचीको बजार भाउ लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गएको कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन अर्थात ४० किलोको एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ । हिजो प्रतिमन ९३ हजार रुपैयाँमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिनुभयो । अन्तरराष्ट्रिय बजारको माग र मूल्यअनुसार अलैँचीको भाउ निर्धारण हुने भए...