Redirecting...

कविताः अवैध अनुभूति - sahityapost.com

कविताः अवैध अनुभूति - sahityapost.com
Source: shpt

आज एकाबिहानैअचानक ग़ालिब गुनगुनाउँछु“ज़िंदगी एक क़ैद थी, इश्क़ ने बग़ावत कर दी,हर एक ज़ख़्म को हमने, बयाँ की सियासत कर दी” अनि ओठ फरफराउँछयो जीवनअवैध अनुभूति‌हरूको संग्रहालय होयहाँ हरेक एक प्रेमपत्रनिषेधित साहित्यजस्तै थन्किएका छन्क्रान्तिका चिच्याहटहरूपुराना पोस्टरझैं च्यात्तिएर झुण्डिएका छन् तिमीले थमाएको त्यो हातएक प्रतिबन्धित स्पर्शम तिमीलाई नियालिरहेंजस्तो बन्द किताबकाअनुच्छेदहरूलाई मनले पढिरहन्छ यहाँ सपनाहरूसशंकित नजरले हेरिन्छविश्वासहरूसुरक्षाकर्मीको पहरामा रहन्छन्र संग्रहालयका ढोका खोलिन्छन्हामी आफैं पर्यटक बन्छौंहाम्रो आफ्नै निषेधित भावनाहरूको प्रदर्शनीमात्यहाँ, तिमीले चुम्बन चोरेको त्यो क्षण“संविधान विपरीत प्रेम” को शीर्षकमा झुण्डिएको हुन्छ कहिलेकाहीँम कल्पनाको ग्यालरीमा हिँड्छुजहाँ तिमी र मविद्रोहमा रङ्गिएको चुम्बन गरिरहेका हुन्छौंनाराजस्तै नफर्कने प्रण गरिरहेका हुन्छौं। The post कविताः अवैध अनुभूति appeared first on साहित्यपोस्ट.