Redirecting...

शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर उम्मेदवारमा सिफारिस, टिकट पाउने सम्भावना कति? - nagariknews.nagariknetwork.com

शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर उम्मेदवारमा सिफारिस, टिकट पाउने सम्भावना कति? - nagariknews.nagariknetwork.com
Source: ngrk

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि कैदमा समय व्यतित गरिरहेका टोपबहादुर रायमाझी प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस भएका छन्। नेकपा एमालेको अर्घाखाँची जिल्ला कमिटीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा टोपबहादुरको नाम सिफारिस गरेको हो। जिल्ला कमिटीकौ मंगलबार बसेको बैठकले उनीसहित ५ जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा परेका अन्य नामहरूमा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल, विजुला रायमाझी, बोमबहादुर विश्वकर्मा र भोजबहादुर शाह छन्। कानुनी अड्चन नभए थुनामै भएपनि टोपबहादुरलाई नै उम्मेदवारमा एकलौटी सहयोग गर्ने एमाले अर्घाखाँचीको तयारी छ। कानुनी अड्चन भएमा जिल्ला अध्यक्ष भुसालसहित अन्य नेता चुनाव लड्ने तयारी छ। एमालेमा आउनुअघि टोपबहादुर माओवादीको सशस्त्र संघर्षकालीन नेता हुन्। माओवादीकै टिकटमा उनले २०६४ र ०७०को संविधान सभा, ०७४ को प्रतिनिधिसभा निर्वाचन अर्घाखाँचीबाटै जितेका थिए। यस्तै ०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी एमालेबाट निर्वाचित भएका थिए। भुसालले ४२ हजार ६७५ मत ल्याएर निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी रहेकी नेपाली कांग्रेसकी पुष्पा भुसालले ४० हजार ९४५ मत ल्याएकी थिइन्। यसरी चार चुनाव जितेका टोपबहादुर पछिल्लो दुई वर्ष यता डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा बसिरहेका छन्।