समिति सभापतिबाट रामहरिलाई राजीनामा दिन निर्देशन दिने तयारीमा कांग्रेस - farakdhar.com
Source: FRDH
संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड व्यवस्थामा भएको चलखेलमा जिम्मेवार ठहर भएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नेपाली कांग्रेसले राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ । जीवन परियारको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले खतिवडाको नैतिक जिम्मेवारी ठहर गरेपछि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने मत बढ्दै गएको हो । कांग्रेस स्रोतका अनुसार एक/दुई दिनमै खतिवडालाई समिति सभापतिको पदबाट राजीनामा दिन औपचारिक निर्देशन दिने तयारी भइरहेको बताइएको छ ।