विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा लुम्बिनी लायन्सलाई विराटनगर किंग्सले १४५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो। विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा समान २ चौका र २ छक्…