Redirecting...

सुनसरी–३ मा भगवती चौधरीको सक्रियता तीव्र, महिलाहरुकाे पार्टी प्रवेशसँगै बढ्दो जनसमर्थन - janatatimes.com

सुनसरी–३ मा भगवती चौधरीको सक्रियता तीव्र, महिलाहरुकाे पार्टी प्रवेशसँगै बढ्दो जनसमर्थन - janatatimes.com
Source: jant

सुनसरी, फागुन २ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार भगवती चौधरीले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाउनुभएको छ। निवर्तमान सांसदसमेत रहनुभएकी उहाँका पक्षमा जनलहर बढ्दै गएपछि यतिबेला उहाँ गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद, सुझाव सङ्कलन र घरदैलो अभियानमा व्यस्त रहनुभएको छ। शनिबार मात्रै उहाँकै सक्रियतामा दुहवी नगरपालिका–९ मा ५२ जना महिलाहरूले एकसाथ नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले समाज रूपान्तरण र महिला सशक्तीकरणका लागि राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले महिलाहरूको हक–अधिकार सुनिश्चित गर्न एमाले प्रतिबद्ध रहेको जिकिर गर्दै भन्नुभयो, ‘एमाले विचार, सिद्धान्त र जनताको पक्षमा उभिएको पार्टी हो, लैङ्गिक समानता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रका पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो, महिलालाई राज्यका सबै क्षेत्रमा समान अवसर दिन एमाले स्पष्ट प्रतिबद्ध छ।’ पार्टी प्रवेश गर्ने महिलाहरूले एमालेले अंगीकार गरेको राष्ट्र, राष्ट्रियता, स्वाधीनता तथा जाति, वर्ग र समुदायको उत्थानसम्बन्धी विचारबाट आफूहरू प्रभावित भएको उल्लेख गर्नुभयो। साथै, नेतृ भगवती चौधरीले महिला सशक्तीकरणका सवालमा निर्वाह गर्नुभएको भूमिकाबाट प्रेरित भएर पार्टी प्रवेश गरेको धारणा व्यक्त गर्नुभयो। सुनसरी क्षेत्र नं. ३ मा उम्मेदवार चौधरीप्रति जनताको उत्साहजनक समर्थन देखिएको छ। सामाजिक क्षेत्रमा सक्रियतासँगै राजनीतिमा उदाउनुभएकी उहाँले साढे तीन वर्ष सांसद तथा करिब पाँच महिना मन्त्रीका रूपमा रहँदा आफ्नो निर्वाचन क्षेत्रका लागि गर्नुभएको कामबाट मतदाता सन्तुष्ट देखिएका छन्। इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका, गढी गाउँपालिका र बर्जु गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर जनताका गुनासा, समस्या र अपेक्षा सुन्दै गर्दा मतदाताले सकारात्मक प्रतिक्रिया दिँदै पुनः एक पटक निर्वाचित गराएर पठाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन्। यसले उम्मेदवार चौधरीलाई थप उत्साहित बनाएको छ। एमाले निर्वाचन क्षेत्र नं. ३ परिचालन समितिका संयोजक लिलम बस्नेतका अनुसार उम्मेदवार चौधरीले स्थानीय विकासका एजेन्डासँगै उद्यमशीलता प्रवर्द्धन, युवा स्वरोजगार सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका कार्यक्रम अगाडि सार्नुभएकाले मतदातामा विश्वास बढेको छ। उहाँका अनुसार यस क्षेत्रमा मत परिवर्तनको सम्भावना न्यून रहेको र जनमत चौधरीको पक्षमा सुदृढ हुँदै गएको छ। निर्वाचन नजिकिँदै जाँदा सुनसरी–३ मा चुनावी गतिविधि थप चहलपहलपूर्ण बन्दै गएको छ भने उम्मेदवार चौधरीको निरन्तर जनसम्पर्क र महिला सहभागिताले अभियानलाई थप गति दिएको देखिएको छ।